साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यकलाकार शिवहरि नेपालसहित आठजना पुरस्कृत

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/पत्रकार मोहन दुवाल रहनुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल,अम्बिका अर्याल, माणिकरत्न शाक्य रहनुभएको थियो।

Nepal Telecom ad

तनहुँ, २०८१ जेठ २६ । आबुखैरेनी स्रष्टा समाजको आयोजनामा एक कार्यक्रमका बीच स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयाे । कार्यक्रम आबुखैरेनी स्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको हाे।

“कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको थियाे ।

संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/पत्रकार मोहन दुवाल रहनुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल,अम्बिका अर्याल, माणिकरत्न शाक्य रहनुभएको थियो।

आतिथ्यता ग्रहणका लागि देशभित्रका विभिन्न स्थानहरूबाट साहित्यमा अहोरात्र खटिने कलम यात्रीहरूलाई सहभागी गराइएको थियो । अतिथिहरूमा जीवन्त जीवन्त, नरेन्द्र थापा, रमेश प्रभात, भीम रानाभाट (ज्यालादारी), डा. शान्ति माया गिरी, हरिप्रसाद चौलागाईँ, जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराईलगायत सत्तरीभन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यिक पुरस्कार अन्तर्गत आबुखैरेनी वाङमय पुरस्कार कवि गौरी दाहाल (देवकोटा) लाई प्रदान गरिएको थियो। इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल (बैरागी) लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास चेतकुमारी पुरस्कार डोलबहादुर थापालाई प्रदान गरिएको थियो।

यसैगरी, महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार द्रव्य शाह बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। द्रव्य शाह बहुमुखी क्याम्पसको शिक्षा संकायतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन दुवालले साहित्यिक श्रष्टाहरूमा नयाँ सिर्जनाहरू सुन्नमा धैर्यता नरहेको साथै मपाई प्रवृत्तिको हावी रहेको धारणा राख्नुभएको थियो। जनमत साहित्यिक पत्रिकाले देशभरिका स्रष्टाहरूलाई जोड्न सफल रहेको धारणा राख्नुभयो।

कार्यक्रममा पुरस्कार छनाेट समितिका तर्फबाट तेजविलास अधिकारी, सम्मानित स्रष्टाहरूकाे परिचयका क्रममा यादव देवकाेटा र कलाकार नरेन्द् थापाले प्रकाश पार्नु भएकाे थियाे भने विभिन्न साहित्यिक सांस्कृतिक सस्थाहरूका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष अनिल श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गर्दै साहित्यिक संस्थाहरू एकअर्काका परिपूरक भएर अगाडि बढ्नुपर्ने र मञ्चमा अतिथि राख्ने परम्परा साथै प्रस्तुतिकर्ताले छोटो समयमा आफ्नो कुराहरू व्यक्त  गर्नुपर्ने धारणा राख्नुभएको थियो।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
gopendra rijal
gopendra rijal
1 year ago

सबैमा हार्दिक बधाई छ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x