साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १७६ औं श्रृङ्खला भानु जयन्ति विशेष

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् वरिष्ठ महाकाव्यकार गोविन्द घिमिरे वेदमणिज्यूको प्रमुख आतिथ्यमा भएको हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार २६ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औँ श्रृङ्खला २११ औँ भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् वरिष्ठ महाकाव्यकार गोविन्द घिमिरे वेदमणिज्यूको प्रमुख आतिथ्यमा भएको हाे ।

कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ, भानुभक्तले प्रयास नगरेको भए नेपाली भाषा आजको स्थितिमा आउने थिएन ।भानुभक्तको रामायण अझै पनि दार्जिलिङ,आसाम, देहरादूनतिर पढेको पाइन्छ । भारत पश्चिम बङ्गालले भानु जयन्तिको दिन बिदा नै दिएर भव्यताका साथ मनाउने गरेको पाइन्छ, यो पनि गौरव हो भन्नु हुँदै चन्द्रागिरि साहित्यले भाषा साहित्यको प्रवर्द्धनमा ठूलो टेवा दिएको छ भन्नु भयो ।

विशिष्ट अतिथि देवी पन्थीले नेपालमा जन्मेका कविताका लघुत्तम विधाहरुले धेरै नयाँ साहित्यकार जन्माएको छ चारु, खोरिया नेपाली साहित्यकार विश्व सन्जालबाट धेरैले अभ्यास गरिरहनु भएको छ भन्नु हुँदै तनहुँमा हुन गइरहेको भानु जयन्ति विशेष समारोहको बिस्तृत जानकारी गराउनु भयो ।

विशिष्ठ अतिथि जगदीश्वर पोखरेल, डा.छायादत्त न्यौपाने र ललिता दोषीले भानुको जीवनी बारे बोल्नु हुँदै चन्द्रागिरिको साहित्य सेवाको प्रशंसा गर्दै चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तर्राष्ट्रिय बनेको छ १७६ औँ श्रृङ्खलासम्म पुग्नुमा साँच्चै साहित्यको सेवा हो भन्नु हुॅदै शुभकामना दिँदै रचना सुनाउनु भयो।

कवि संगिता खरेलको सफल उद्घोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु, उत्तम भेटवाल, सुधा बास्कोटा ढकाल, भगवती दवाडी, घनश्याम पौडेल, चन्द्रावति अधिकारी, कल्पना मरासिनी लगायत १४ जना साहित्यकारहरुले भानु सम्बन्धी आफ्ना रचना वाचन गर्नु भयो

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्नु हुँदै भानु सम्बन्धी खोरिया एवं सवाई छन्दको भानु विशेष कविता प्रस्तुत गर्नु भएकाे थियाे ।

उहाँले प्रमुख अतिथि वेदमणि लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भई भानुभक्त भन्दा पनि अगाडि कविहरु थिए तर भानुभक्तलाई आदि कविको रुपमा मानेको पाइन्छ, यसो हुनुमा भानुभक्तको रामायण सरल जनजिब्रोले बोलिने भाषा भएकोले नै हो भन्ने मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००
– धड्कनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x