साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ५१)

सँगै छ आज चेतना सँगै छ अस्थिपञ्जर भरे छुटेर जान्छ याे कता,सकिन्छ भन्न र ? विधान हुन्छ ब्रह्मकाे सजीव कर्ममकाे भर तथा छ अन्त्य भावना पुगूँ म विष्णुका घर।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

नपाल राग, रापिलाे प्रबुद्धका अमालमा
नफाल क्राेध धारिलो विशेष बाेलचालमा
नलाग कामदाममा धनाड्यका प्रतापमा
बराबरी विचारका समाल मित्रसाथमा।। ३०६।।

नबाेक तुच्छ कामना विभिन्नका रवाफमा
बितेर जान्छ जिन्दगी समाजका दवावमा
मुहार झल्ल देखियाेस् दियाे बनी तमाममा
समाल वृद्धभावना खुसी बनी अमालमा।।३०७।।

घमण्डकाे अशेष याे नराख साथमा तर
कुधेर वायुमण्डली पहाड पार हुन्छ र ?
समुद्रझैँ सफा हियाे बनाउँदै विधानमा
हिँडे पुगिन्छ बिन्दुमा नदी समान अन्त्यमा।।३०८।।

विशेषता वसन्तझैँ तमालकाे सुवासना
चलाेस् सफा समाजमा अगाडि सार साधना
प्रभा झुलाेस् मुहारमा थलाे बनाेस् विहङ्गम
मनुष्य जन्म सारकाे रहाेस् प्रमाण कञ्चन।।३०९।।

हिमालझैँ खडा भई उँचो मुहार साथमा
युवा जुटे-मिलापमा विशेष कार्य फाँटमा
बुढाे मुहार चम्किने हटेर स्वेदका कण
विचार याे छ वृद्धकाे नहाेस् कुनै विकर्षण।।३१०।।

विशेष भाइ बन्धुमा नराख तिक्तता तर
अमाल माल चम्कियाेस् मिलापमा सधैँभर
फुटेर दाजुभाइमा कता हुने र उन्नति ?
छ आपसी मिलापमा समस्तकाे समुन्नति।।३११।।

सँगै छ आज चेतना सँगै छ अस्थिपञ्जर
भरे छुटेर जान्छ याे कता,सकिन्छ भन्न र ?
विधान हुन्छ ब्रह्मकाे सजीव कर्ममकाे भर
तथा छ अन्त्य भावना पुगूँ म विष्णुका घर।।३१२।।

( क्रमशः)

०००
साेह्रखुट्टे, काठमाडाैै
२०८०/ ४/२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x