रुद्र ज्ञवालीचार ठाेक्तक
योभन्दा घटिया अनैतिकत दृष्टान्त अर्कोथोक के होला खै सरकारी शिक्षकले छोराछारी सरकारी स्कुलमा पढाउँदैनन् ।

रूद्र ज्ञवाली :
१.
शिखरारोहीहरू तल फेंदीमा बस्नेलाई कमिला देख्छन्
दृष्टिदोष भएकाले प्रष्ट अक्षरहरू पनि धमिला देख्छन्
जहाँ जता पुगे पनि रीत यो दुनियाँको यस्तै यस्तै हो
शिखरमा पुग्नेहरू जमिनका मान्छेलाई कमिला देख्छन् ।
२.
भट्टीमै झोंके पनि ढुङ्गालाई पगालेर भल्काउन सकिन्न
जत्तिनै रङाउनुस् अङ्गारलाई रङाएर टल्काउन सकिन्न
जुनसुकै काम गर्दा पनि मिल्नुपर्छ प्रयोजन सिलसिला
सलाईको काँटी झोसेर चिसो मुढो सल्काउन सकिन्न ।
३.
केही अनचाह प्रसङ्गलाई तर्काउन अथवा तर्किन मुश्किल
गन्तव्यहीन छन् पाइला तर फर्काउन र फर्किन मुश्किल
यति जटिल हुँदा रहेछन् कि जीवनका केही समीकरणहरू
व्याख्या गर्न अर्थ्याउन गाह्रो आफै पनि अर्थिन मुश्किल ।
४.
उद्योगपतिहरू आफ्नो उत्पादन आफ्नै प्रयोगमा ल्याउँदैनन्
अस्पताल मालिक आफ्नै अस्पतालमा उपचारार्थ आउँदैनन्
योभन्दा घटिया अनैतिकत दृष्टान्त अर्कोथोक के होला खै
सरकारी शिक्षकले छोराछारी सरकारी स्कुलमा पढाउँदैनन् ।
०००
Subscribe
Login
0 Comments
Oldest





































