साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल गङ्गा साहित्य केन्द्रको पुरस्कार तथा सम्मान समाराेह

यस अवसरमा प्रा. सीताराम अधिकारी, पूर्व मन्त्री भद्रकुमारी घले, डा. प्रदिपकुमार मैनाली, मञ्जुश्री प्रधान के. सी. र लक्ष्मीप्रसाद मिश्रलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्का प्रदान गरिएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार २६ । अविरल गङ्गा साहित्य केन्द्र काठमाडौँ नेपालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको पारिजात सभाकक्षमा राष्ट्रिय विभूति भानुभक्तको २११ औँ जन्मजयन्ती एवं अविरल गङ्गा साहित्य केन्द्रको प्रथम साहित्य सभाको अवसरमा राष्ट्रकवि तथा पारिजात पुरस्कार, भानुमोती पुरस्कार र मिश्री-प्रतिभा स्मृति पुरस्कार सम्मान समाराेह सम्पन्न गरेकाे गरेकाे थियाे ।

समाराेहमा संस्थाकी अध्यक्ष प्रा. गङ्गा लिगल प्रमुख आमन्त्रित प्रा. इन्दिरा प्रसाईं विशिष्ट आमन्त्रित प्रा. डा. कृष्णप्रसाद खनाल सल्लाहकार डा. बमबहादुर थापा जिताली र दुर्गाप्रसाद अधिकारी भमरकोटेज्यूको गरिमामय उपस्थितिमा रहेकाे थियाे ।

यस अवसरमा प्रा. सीताराम अधिकारी, पूर्व मन्त्री भद्रकुमारी घले, डा. प्रदिपकुमार मैनाली, मञ्जुश्री प्रधान के. सी. र लक्ष्मीप्रसाद मिश्रलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्का प्रदान गरिएको थियो ।

माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, मञ्जु काचुली, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, रञ्जुश्री पराजुली, चन्द्रकला मल्ल शाहलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरियो ।

सभाको प्रारम्भमा राष्ट्रगान गाइएको थियो । वीरबहादुर लोहनीले कविताले स्वागत गर्नु भयो । डा. जितालीको बुद्धका आँखा… गीत गुञ्जियो । जितालीले समारोहको संक्षिप्त परिचय दिँदै स्वागत गर्नु भएकाे थियो ।

दुर्गाप्रसाद अधिकारि भमरकोटे, द्वारिका कुइकेल, रीता खतिवडा, उत्तम भेटुवालले रचना वाचन गर्नु भएको थियो । सीताराम अधिकारी, डा. मैनाली, लक्ष्मीप्रसाद मिश्र र लक्ष्मी उप्रेतीले सम्मानितहरूको प्रतिनिधित्त्व गर्दै मन्तव्य र रचना वाचन गर्नु भएको थियो ।

प्रा.डा. खनालले भानुको योगदा र अविरल गङ्गा साहित्य केन्द्रले पहिलो पटकमा नै साहित्यकारहरूलाई सम्मान गरेर प्रशंसायोग्य कार्य गरेको छ भन्नु भयो ।

प्रमुख आमन्त्रित प्रा. इन्दिरा प्रसाईंले नारी स्रष्टालाई सम्मान गरेकोमा खुलेर प्रशंसा गर्नु भयो । सम्मानित र पुरस्कृत हुने साहित्यकारलाई बधाई दिनु भएको थियो ।

अध्यक्ष गङ्गा लिगलले सभा सफल बनाइ दिनु हुने सम्पूर्ण शुभचिन्तक तथा साहित्यकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो र सभा समापन भएको जानकारी दिनु भयो ।

सभाको संयोजन कुशल किसिमले सचिव पवन बुढाथोकीले गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x