साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलिगुडीमा सिलिगुडी साहित्य समाजको समुउद्घाटन

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेल, विशिष्ट अतिथिहरु भारतको राष्ट्रियगान (बंदे मातरम)का सर्जक वकिमचन्द चटोपाध्यायका पाँचौँ पुस्ताका कवि कोलकाताका जयदीप चटोपाध्याय हुनुहुन्थ्याे ।

Nepal Telecom ad

सिलगढी,भारत, २०८१ असोज १ । देवकोटा संघ, सिलिगुडीमा “सिलगुडी साहित्य समाज”को विधिवत उद्घाटन भयो ।

सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेल, विशिष्ट अतिथिहरु भारतको राष्ट्रियगान (बंदे मातरम)का सर्जक वकिमचन्द चटोपाध्यायका पाँचौँ पुस्ताका कवि कोलकाताका जयदीप चटोपाध्याय, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, साहित्यकार डा. वन्दना गुप्ता, प्राज्ञ कवि सुभद्रा भट्टराई तथा सिलगढी साहित्य समाजका अध्यक्ष सुब्रत दत्तले सामुदायिक रूपमा गर्नु भएको थियो ।

समाजका अध्यक्ष सुब्रत दत्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुस्तक लोकार्पण, बहुभाषिक कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा समाजको कार्यसमिति र सल्लाहकार समितिको घोषणा पनि गरिएको थियो । समाजको कार्यसमितिमा अध्यक्ष सुब्रत दत्त, कार्यकारी अध्यक्ष लतिका जोशी, उपाध्यक्षद्वय डा. गौरी चौधरी र डा. वन्दना गुप्ता, महासचिवद्वय उषा नन्दी र सोमित्र कुण्डु, सचिव इन्द्रजीत कौर र कोषाध्यक्ष नन्दिता भौमिक रहनु भएको छ ।

यसैगरी कार्यसमितिको सदस्यहरु लीला छेत्री, शिखा रोय, सोमा चौधरी, दीपा कर, पल्लवी पल र प्रसान्त पण्डित रहनु भएको छ ।

यसैगरी सल्लाहकार समितिका सदस्यहरुमा डा. टी के चटर्जी, राधेश्याम लेकाली (नेपाल), कवि जयदीप चटोपाध्याय (कोलकाता), आशा मुखिया (खरसाङ), डा. तपती हाल्दार, ललिता क्षेत्री र रहनु भएको छ ।
संस्थाकी कार्यकारी अध्यक्ष लतिका जोशीले स्वागत मन्तव्य राख्नु भएको सो पहिलोचरणको सो कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, अध्यक्ष सुब्रत दत्तले विशेष मन्तव्य राख्दै संस्था स्थापनाको उदेश्य र रणनीतिको बारे स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको दोस्रोचरणमा कवि अमर वानिया लोहोरो (सिक्किम)को अनुवाद कविता कृति “जीवन चित्र”को लोकार्पण गरिएको थियो ।
बाङ्ला भाषामा अनुवाद गरिएको सो कृतिको समीक्षा उत्तर बंग विश्वविद्यालयका पूर्व कुलपति डा. तापस चटर्जी र साहित्यकार प्रा. कृष्णराज घतानीले गर्नु भएको थियो । सोही कार्यक्रममा कवि अमर वानिया लोहोरोलाई मायाको चिनोसहित विशेष सम्मान पनि गरिएको थियो । सो सम्मान कार्यक्रमका विशिस्ट अतिथि साहित्यकार राधेश्याम लेकालीले प्रदान गर्नु भएको थियो । कृतिको अनुवाद कवि जय चौधरीले गर्नु भएको हो ।

लोकार्पणपछि कवि लोहोरोले आफ्नो सिर्जना यात्राबारे विशेष मन्तव्य राख्दै कृति प्रकाशनमा संलग्न व्यक्तित्वहरुमा आभार प्रकट गर्नु भएको थियो ।

पत्रकार समित्र कोण्डुले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको तेस्रो चरणमा बहुभाषिक कवि गोष्ठीमा नेपाली, बाङ्ला, हिन्दी लगायतका भाषाका कविताहरु विभिन्न कविहरुले वाचन गर्नु भएको थियो ।

कविहरु डा. वन्दना गुप्ता, ललिता जोशी क्षेत्री, लीला छेत्री, गौरी चौधरी, पल्लवी पल, शिखा राय लगायका कविहरुले कविता वाचन गर्नु भएको थियो ।

सोही कार्यक्रममा नेपाली, हिन्दी, बाङ्लाका नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरु युवराज काफ्ले, आशा मुखिया (करसाङ्ग), शिवराज प्रधान, डा. टी बी छेत्री, लेखनाथ चापागाईं, डा. भिकी प्रसाद, देवेन्द्रनाथ शुक्ला, देवीभक्त श्रेष्ठ (झापा), मुक्ति उपाध्याय, साङ्वा लेप्चा, ललिता जोशी, उषा नन्दी गहतराज, दीपा कर, इन्द्रजीत कौर, शोभा चक्रवर्ती, लीला क्षेत्री, गौरी चौधरी, पल्लवी पल, सैकत दे लगायत सर्जक, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण कवि देविका मगराती र नन्दिता भोमिकले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x