कृष्णदेव रिमालपाँच ठाेक्तक
लाश पर्दा घाट लैजाला कल्ले बूढाको रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश खिया लाग्दा साँध लाउने कल्ले खुँडाको ?

कृष्णदेव “शब्दसेना”
छोराछोरी सानो छँदा छाडी बसेँ दूर
सन्ततीले उस्तै आज गरे आफ्नै सूर
हिजो पनि एक्लै भएँ आज फेरि एक्लै
श्रम बिक्यो बिदेशमा जिन्दगी भो झुर ।
१
युवा पुस्ता यो देशमा टिक्ने सूर छैन
श्रम शक्ति यो देशमा बिक्ने सूर छैन
पराइको झिलीमिली छोराछोरी तान्ने
पुर्खाको यो श्रम सीप सिक्ने सूर छैन ।
२
हिजो तिम्रो घोडा बनी गिर्न सकिन कि
आशा बोकी झोलाभरी फिर्न सकिन कि
कता गए छोराछोरी खाली भयो देश
दुष्चक्र यो गरिबीको चिर्न सकिन कि!
३
दोष मेरो हो कि किञ्चित् नीति निर्माताको
यो देशको साँचो बोक्ने साझा आमाबाको
हामी भन्छौं फर्क फर्क तिमी फर्कदैनौ
स्वर्ग जस्तो देश छोडी कता माया लाको ??
४
लाश पर्दा घाट लैजाला कल्ले बूढाको
रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको
खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश
खिया लाग्दा साँध लाउने कल्ले खुँडाको ?
५
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































