साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

लाश पर्दा घाट लैजाला कल्ले बूढाको रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश खिया लाग्दा साँध लाउने कल्ले खुँडाको ?

Nepal Telecom ad

कृष्णदेव “शब्दसेना”

छोराछोरी सानो छँदा छाडी बसेँ दूर
सन्ततीले उस्तै आज गरे आफ्नै सूर
हिजो पनि एक्लै भएँ आज फेरि एक्लै
श्रम बिक्यो बिदेशमा जिन्दगी भो झुर ।

युवा पुस्ता यो देशमा टिक्ने सूर छैन
श्रम शक्ति यो देशमा बिक्ने सूर छैन
पराइको झिलीमिली छोराछोरी तान्ने
पुर्खाको यो श्रम सीप सिक्ने सूर छैन ।

हिजो तिम्रो घोडा बनी गिर्न सकिन कि
आशा बोकी झोलाभरी फिर्न सकिन कि
कता गए छोराछोरी खाली भयो देश
दुष्चक्र यो गरिबीको चिर्न सकिन कि!

दोष मेरो हो कि किञ्चित् नीति निर्माताको
यो देशको साँचो बोक्ने साझा आमाबाको
हामी भन्छौं फर्क फर्क तिमी फर्कदैनौ
स्वर्ग जस्तो देश छोडी कता माया लाको ??

लाश पर्दा घाट लैजाला कल्ले बूढाको
रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको
खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश
खिया लाग्दा साँध लाउने कल्ले खुँडाको ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x