साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी मकवानपुरको नयाँ कार्यसमिति गठन

सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा संस्थाको अध्यक्षमा संप्रस पौडेलको अध्यक्षतामा १० सदस्यीय समिति गठन भएको हो ।

Nepal Telecom ad

हेटाैँडा, २०८१ असोज ३ । हास्यव्यङ्ग्य साहित्यको क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपालको मकवानपुरको नवीन कार्यसमिति गठन भएको छ ।

बिहीबार सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा संस्थाको अध्यक्षमा संप्रस पौडेलको अध्यक्षतामा १० सदस्यीय समिति गठन भएको हो ।

संस्थाको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाईं, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन हुनु भएको छ । सदस्यमा चिरञ्जीवी लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन हुनु भएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ समेत गरिएको थियो ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x