सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेटौँडामा श्रवण मुकारूङकाे एकल कविता वाचन र साङ्गीतिक साँझ आयाेजना गरिँदै

सङ्गमको अक्षयकोष सहयोगार्थ टिकटमा कवि मुकारूङका कविता वाचन तथा साङ्गीतिक साँझ आगामी मङ्सिर ७ गते शुक्रबार हेटौंडा पार्टी प्यालेसमा गर्ने अध्यक्ष डीबी बर्तौलाले बताउनु भयो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ कार्तिक २८ । साहित्य सङ्गम मकवानपुरले श्रवण मुकारूङकाे एकल कविता वाचन कार्यक्रम आयाेजना गर्ने भएको छ । सङ्गमको सो कार्यक्रममा मुकारूङका केही गीतहरूसमेत गायन हुनेछ ।

सङ्गमको अक्षयकोष सहयोगार्थ टिकटमा कवि मुकारूङका कविता वाचन तथा साङ्गीतिक साँझ यसअघि भाद्र १ गते गर्ने भनिएकोमा स्थगित भइ आगामी मङ्सिर ७ गते शुक्रबार दिउँसो ३ बजे हेटौंडा पार्टी प्यालेसमा गर्ने अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।

‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ कविता सङ्ग्रहका रचनाकार मुकारूङ यसअघि सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०) आदिबाट सम्मानित हुनु भएको छ ।

कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दाहाल, सुनीता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र प्रसिद्धि लामिछानेले मुकारूङद्वारा लेखिएका गीतहरू गायन गर्नुहुनेछ ।

२०४३ सालदेखि मुकारूङका करिब १५० गीतहरू रेकर्ड भइ नेपाली समाजले श्रवण गर्न पाइरहेकोमा पछिल्लो गीत ‘राई माइलाले गाउँ छाड्यो रे’ सुनिता थेगिमको स्वरमा निकै चर्चामा रह्यो । ‘हजुर हजुर ए हजुर’ गायक तथा सङ्गीतकार आभासको एकल स्वरमा र आभास र मीना निरौलाको संयुक्त स्वरमा ‘तिमीले मिसकल गर्दा’ अर्को गीत रहेको छ । यस्तै उहाँका ‘तिमी तारे भिर’ गीतमा पबित्र सुब्बाको स्वर रहेको छ । त्यसो त उहाँको सर्वाधिक चर्चित गीत ‘माथि माथि सैलुङ्गेमा’ कुन्ती मुक्तानले गाउनु भएको हो भने यो गीत मुकारूङले याक चुरोटको बट्टाभित्रको टल्कने कागजमा लेखेको बताउनुहुन्छ ।

आदिवासी, जनजाति, दलित, महिला, बालबालिकालगायत सामाजिक, सांस्कृतिक वा राजनीतिक मुद्दामा गीत चाहिँदा मुकारूङकै खोजी हुन्छ भने पहिचान हराएका समुदायको पहिचानका आवाजलाई उहाँका शब्दहरूले मुखतरित गरेका छन् । विभेद र उत्पीडनका विरूद्धमा समेत कलम चले पनि देशप्रेम, वैदेशिक रोजगारीदेखि पारिवारिक विविधतासम्म उहाँका सिर्जनामा अटाएका पाइन्छन् ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x