साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ घोषणा : १० जना स्रष्टा पुरस्कृत हुने

प्रज्ञा-प्रतिष्ठानले भाषा,साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र,अनुवाद र संस्कृति लगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ चैत २२। नेपाल प्रज्ञा-प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १०जना स्रष्टाहरूलाई प्रदान गर्ने घोषणा गरेको छ।

प्रज्ञा-प्रतिष्ठानले भाषा,साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र,अनुवाद र संस्कृति लगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ।

यसैगरी दिल साहनीलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य), कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ र भवीलाल लामिछाने (भारत) लाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरिने भएको छ।

यसअघि, ‘मातृभाषा साहित्य पुरस्कार २०८१’ पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेस क्षेत्रतर्फ कमलसिं रानालाई २०८१ फागुुन ९ गतेका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा प्रदान गरिसकिएको छ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x