फित्काैली डटकम‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ २०८१ तिवारी आमालाई
सामान्य लेखपढ गरेकी भए पनि समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी तिवारी यस्ता कुराहरुलाई गीत, कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन् ।

काठमाडौं, २०८१ चैत २३ । ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान (२०८१)’ द्वारा लोकगीत सर्जक, गायिका लक्ष्मी तिवारी (तिवारी आमा)लाई प्रदान गरिने भएको छ ।
नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा.सदानन्द कडेलले जानकारी दिए ।
नगद १५ हजार १ सय एघार नगद राशीको उक्त सम्मान तिवारीलाई प्रदान गरिने भएको हो ।
सम्मान सिफारिस समितिका संयोजक प्रकाश घायलका अनुसार पाल्पा, रामपुर निवासी तिवारी मौलिक लोकगीत गायन र सृजनामा सक्रिय छिन् । सामान्य लेखपढ गरेकी भए पनि समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरुलाई गीत, कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन् । तीज गीतहरुमा परदेशिएका नेपालीका पीडाहरु उनले उजागर गरेकी छिन् ।
सम्मान सिफारिस समितिमा प्रकाश घायल सहित डा. शान्तिमाया गिरि र पुष्पा खनाल सदस्य रहेका थिए । सोही समितिको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरी तिवारीलाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरिएको उपाध्यक्ष डा.कडेलले बताए ।
समाजका संरक्षक पवन आलोकका अनुसार आगामी वैशाख ९ गते काठमाडौंमा एक समारोहका बीच उक्त सम्मान अर्पण गरिनेछ ।
०००
-प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest




































