सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाबुआमा (काव्यांश- ३८)

झर्छन् हर्षाश्रु आफ्ना शुभफल बटुली उठ्न जानूँ सकारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

लाखौँ छन् प्राप्ति आभा शुभफल म टिपूँ भाव यो चेत छानोस् ।
हुन् वृद्धावृद्ध हाम्रा चरण खुद परूँ चेत यो ज्ञान जानोस्।।
खुल्छन् सन्मार्ग सङ्ला कृत असल टिपूँ बाँध्न आफ्नै भकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८६ ।।

खोजूँ संसार डुल्दै युगलय बटुलूँ सौख्यका स्रोत छानी ।
कर्मै हो उच्च पार्ने सहजसित गरूँ दुष्ट झर्को नमानी ।।
चिन्ता टन्टा पछारूँ कृत पथ म बढी कर्मले दिव्य पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८७ ।।

पुर्खा हुन् मन्त्र द्रष्टा तर अब म खिएँ मन्त्र छैनन् हियामा ।
उम्दा संस्कार आफ्ना दिनदिन खिइँदै पर्न थाले खियामा ।।
बढ्दै हिँड्ने सुबाटो मनुजहित चुनूँ मन्त्र आफ्ना सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८८ ।।

लेख्नै बाँकी छ मैले कृत गुण बटुली वृद्धका दिव्य कर्म ।
मान्छेका कृत्य हेरी शुभ-अशुभ चिनी योग्य छानूँ सुधर्म ।।
बाँचून् मेरा सुभावी कृत असल सबै वृद्धका वृत्त भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८९।।

कालो मैलो पखालूँ दिलकस छ भने स्वच्छ पारी रमाऊँ ।
छन् वृद्धावृद्ध खोजूँ सकल हित हने दिव्य बाटो समाऊँ ।।
झर्छन् हर्षाश्रु आफ्ना शुभफल बटुली उठ्न जानूँ सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबुआमा (काव्यांश- ४७)

बाबुआमा (काव्यांश- ४७)

दीनानाथ पाेखरेल
बाबुआमा काव्यांश (४६)

बाबुआमा काव्यांश (४६)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश) -४५

बाबुआमा (काव्यांश) -४५

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ४४)

बाबुआमा (काव्यांश- ४४)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश) – ४३

बाबुआमा (काव्यांश) – ४३

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ४२)

बाबुआमा (काव्यांश- ४२)

दीनानाथ पाेखरेल
जेठाकाे आत्म-बिलाैना

जेठाकाे आत्म-बिलाैना

देवीप्रसाद मिश्र
बाबुआमा (काव्यांश- ४७)

बाबुआमा (काव्यांश- ४७)

दीनानाथ पाेखरेल
चिन्न पाएको छैन

चिन्न पाएको छैन

डिल्लीराज अर्याल
आमाको चिन्ता (२)

आमाको चिन्ता (२)

कविराज घिमिरे
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका कहर

वृद्धका कहर

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x