साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३८)

झर्छन् हर्षाश्रु आफ्ना शुभफल बटुली उठ्न जानूँ सकारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

लाखौँ छन् प्राप्ति आभा शुभफल म टिपूँ भाव यो चेत छानोस् ।
हुन् वृद्धावृद्ध हाम्रा चरण खुद परूँ चेत यो ज्ञान जानोस्।।
खुल्छन् सन्मार्ग सङ्ला कृत असल टिपूँ बाँध्न आफ्नै भकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८६ ।।

खोजूँ संसार डुल्दै युगलय बटुलूँ सौख्यका स्रोत छानी ।
कर्मै हो उच्च पार्ने सहजसित गरूँ दुष्ट झर्को नमानी ।।
चिन्ता टन्टा पछारूँ कृत पथ म बढी कर्मले दिव्य पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८७ ।।

पुर्खा हुन् मन्त्र द्रष्टा तर अब म खिएँ मन्त्र छैनन् हियामा ।
उम्दा संस्कार आफ्ना दिनदिन खिइँदै पर्न थाले खियामा ।।
बढ्दै हिँड्ने सुबाटो मनुजहित चुनूँ मन्त्र आफ्ना सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८८ ।।

लेख्नै बाँकी छ मैले कृत गुण बटुली वृद्धका दिव्य कर्म ।
मान्छेका कृत्य हेरी शुभ-अशुभ चिनी योग्य छानूँ सुधर्म ।।
बाँचून् मेरा सुभावी कृत असल सबै वृद्धका वृत्त भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८९।।

कालो मैलो पखालूँ दिलकस छ भने स्वच्छ पारी रमाऊँ ।
छन् वृद्धावृद्ध खोजूँ सकल हित हने दिव्य बाटो समाऊँ ।।
झर्छन् हर्षाश्रु आफ्ना शुभफल बटुली उठ्न जानूँ सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x