साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दयात्रा प्रकाशनद्वारा ८ जना वाङमयसेवीहरू सम्मानित

प्रा. डा. शंकरराज पाठक, डा कान्ता भट्टराई, आदित्यमान श्रेष्ठ, डा. उषा ठाकुर, कन्हैया नासननी, माधव वियोगी, नरनाथ लुइँटेल र डा. दुर्गाबहादुर घर्तीलाई आआफ्नो वाङमयी क्षेत्रमा उत्कृष्ट सेवा गरे बापत सम्मान समर्पण गरियो ।

Nepal Telecom ad

बनेपा, काभ्रे २०८१ चैच २३ । भाषा साहित्य, कला संगीत र संस्कृतिको उन्नयन संगम स्थल शब्दयात्रा प्रकाशनले एकैपटक ८ जना वाङमयसेवीहरूलाइ सम्मान गरेकाे छ ।

प्रा. डा. शंकरराज पाठक, डा कान्ता भट्टराई, आदित्यमान श्रेष्ठ, डा. उषा ठाकुर, कन्हैया नासननी, माधव वियोगी, नरनाथ लुइँटेल र डा. दुर्गाबहादुर घर्तीलाई आआफ्नो वाङमयी क्षेत्रमा उत्कृष्ट सेवा गरे बापत सम्मान समर्पण गरियो ।

सोही कार्यक्रममा अजयकुमार पोख्रेलको “ग्वालटारदेखि बानेश्वर सम्म”, द्रोणप्रसाद श्रेष्ठको “सम्पादक्याैली”, लक्ष्मणसुन्दर सैंजूको “दस पैसा” र समीर आचार्यको “शब्द चित्रमा सावित्री जङ्गम थापा” कृतिहरुको सार्वजनिकीकरण भयो ।

कार्यक्रममा प्रा. डा. सुरेशराजकी धर्मपत्नी स्व. उर्मीला शर्मा ढुङ्गेलद्वारा सुरेशराज शर्माको विषयमा रचित हरिमञ्जुश्रीको संगीत, मत्स्येन्द्रश्वर सापकोटाको सुपरिवेक्षण, बालकृष्ण सेवाचार्यको वाद्यवादन, योजना खड्कीद्वारा स्वरवध्द भएको गीतको समेत सार्वजनिकीकरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता साबसत्री जङ्गम थापा, आतिथ्यता सम्मानित व्यक्तिहरु, संचालन हरिमञ्जुश्री,स्वागत मन्तव्य जयनारायण नेपाल, कृति चिनारी डा. इन्दुल केसी र कार्यक्रम समीक्षा, प्रा. डा. शंकरराज पाठकको शुभकामना मन्तव्य एवम् कार्यक्रम समीक्षा एवं समापन माधव वियोगीले गर्नुभएको थियो ।

कार्यक्रमा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरु र शब्द यात्रा प्रकाशन परिवारको उल्लेख्य उपस्थित रहेको थियो ।

०००
जयनारायण नेपालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x