साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदिनको शुभकामना छोरी !

साम, दाम, दण्ड र भेदका हतियार विश्व बौद्धिक जगतका मतियार सबै तिमीसँग आओस् । तिम्रा सफलता, प्रगति र उन्नतीले, बर्षौटे जूम्लयाहा सन्तती पाओस् ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

मलाई पटक्कै माया नलाग्ने,
मेरी प्यारी छोरी ।
संघर्षको मैदानमा परेड खेल्दै गरेका
तिम्रा हातखुट्टा,
नसा, शिरा र धमनीहरु
फलाम भन्दा दर्‍हो बनाउनु,
साथीहरुले फाल्न खोज्छन्,
आफ्नाहरुले तान्न खोज्छन्,
शत्रुहरुले हान्न खोज्छन् ।
हरेक दिन आफूलाई बलियो बनाउनु ॥
आफ्नै पहिचानमा,
आफैसँग मस्त रमाउनु ॥

अरुलाई खुशी पार्न
आफूलाई दुःखी नपार्नु ।
अरुका कामकुरामा न्यायाधीस बनेर
आफूले आफूलाई अन्याय नगर्नु ।
समय असल छ
समय आधुनिक छ ।
त्यही तालमा
आफू पनि असल बन्छु भन्दै
हो लाई होइन र
होइनलाई हो नभन्नु ।
दुनियाँलाई बचाउँछु भन्दै
हरेक दिन आफूले आफूलाई नमार्नु ॥

मलाई पटक्कै मन नपर्ने
मेरो आफ्नै मुटु भन्दा प्यारी छोरी,
पितृसत्ताले खोजेजस्तो संस्कारी बनेर
आफूलाई शिकार गर्न नदिनु
स्वार्थ र लोभका दानीहरुले
सित्तैमा दिएको प्रशंसा समेत
अँ हँ पटक्कै नलिनु,
ढोँगी समाजको नजरमा
असल र इमान्दार बन्छु भन्दै
आफ्नो लागि बेइमान र खराब नबन्नु ॥

त्यसैले मेरी माया,
दुनियाँले दुष्ट नै किन नभनोस् ?
एक अमल पनि चिन्ता नलिनु
आफू सधैँ आफ्नै लागि
अब्बल, स्मार्ट र योग्य बन्नु ।
आज मेरी छोरीको जन्मदिन
साम, दाम, दण्ड र भेदका हतियार
विश्व बौद्धिक जगतका मतियार
सबै तिमीसँग आओस् ।
तिम्रा सफलता, प्रगति र उन्नतीले,
बर्षौटे जूम्लयाहा सन्तती पाओस् ।
प्यारी माया,
सधैँभरि स्वस्थ्य, व्यस्त र मस्त रहनु
अर्थपूर्ण दिर्घजीवन बाँचेर
समताको सिङ्गो युग निर्माण गर्नु ।
मेरी प्यारी प्रिय
जन्मदिनको अशेष शुभकामना ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x