साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बिग्रेको मान्छे’ लोकार्पण  गर्दै घुम्ती कविगोष्ठी नेपालको १४९ औँ शृङ्खला सम्पन्न

अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वेदमणिको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा गोकर्णेश्वर न.पा.का नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ वैशाख १३ । घुम्ती कविगोष्ठी नेपालको १४९ औँ शृङ्खला गोकर्णेश्वर नगरपालिका वडा नं. ६, धनसिंहकोट स्थित गोविन्द घिमिरे वेदमणिको स्वनिवासमा सम्पन्न भएको छ ।

अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वेदमणिको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा गोकर्णेश्वर न.पा.का नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरूमा वरिष्ठ उपन्यासकार शङ्कर भारती, महाकाव्यकार बाजुराम पौडेल, साहित्यकार छायादत्त न्यौपाने, राजन न्यौपाने, घुम्ती कविगोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठ, सरस्वती स्कुलका प्रिन्सिपल राजु श्रेष्ठ, गीतकार नारायणकुमार आचार्यलगायत हुनुहुन्थ्यो । गोविन्द घिमिरे वेदमणिको जन्ममहिना पारेर आयोजित यस कार्यक्रममा वहाँद्वारा लिखित बोधकथा–सङ्ग्रह ‘बिग्रेको मान्छे’ लोकार्पण भएको थियो ।

प्रमुख अतिथि दीपककुमार रिसालले आफ्नो मन्तव्यमा हाम्रो गोकर्णेश्वर नगरपालिकाभित्र भएका जुनसुकै साहित्यिक कार्यक्रमले पनि यस नगरपालिकाको गौरव बढाएको छ, त्यसैले यस घुम्ती कविगोष्ठी नेपालले पनि घुमी घुमी कविगोष्ठी गरेको छ भन्दै यस्तो कार्यक्रम गर्ने साहित्यिक संस्थामा यो नै पहिलो हुनुपर्छ भन्नुभयो । रमेश विकल र भैरव अर्यालको क्षेत्र भएकाले यत्तिको त हुनै पर्छ भन्दै वहाँले आफूलाई साहित्यले तान्ने गरेको कुरासमेत बताउनुभयो ।

बिहान ७ः३० बजे सुरु भएको यस कार्यक्रममा परशुराम पराशर, शारदा पराजुली, सुमित्रा श्रेष्ठ, पुनम घिमिरे, गङ्गा खड्का, एनबी जनकपुरी, ओमप्रसाद कोइराला, वसन्त रिजाल, बुद्धिसागर पौड्याल, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठुलाघरे, बिपी इलामे, महेश्वर खनाल, राजेशमान केसी, वासुदेव पौडेल, दुर्गा भवानी भट्ट, ध्रुवराज थापा ‘पुरुष’, कात्यायन, दीपक लोहनी, भवानी सापकोटा अर्याल, सुशील आचार्य, गङ्गाप्रसाद भेटवाल, विमल अर्याल, कविराज घिमिरे, सुरेशचन्द्र घिमिरे, लीलाराज दाहाल, यादवप्रसाद पन्त, सुमन पुडासैनी मित्र, अच्युत पौडेल चिन्तन, मदनकृष्ण सिलवाल, पुरुषोत्तम अर्याल, विष्णुप्रसाद तिम्सिना, रञ्जु खनाल, कविता दाहाल, सरिता दुलाल घिमिरे, रामकुमार पण्डितलगायत अतिथिहरूले समेत कविता वाचन गर्नुभएको थियो ।

६५ जनाको उपस्थिति रहेको यस कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डितले गर्नु भएको थियो भने घुम्तीकै अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो ।

०००

–  परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x