साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवमा रमेश विकल बाल प्रतिभा आशुकवितालेखन प्रतियोगिता

"वाग्मती" र "बा" दुई शीर्षक दिइएकोमा जम्मा १९ वटा विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । अभिनवले नयाँ पुस्तामा साहित्यिक संस्कार दिने र जागरण गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू बारम्बार गर्दै आएको छ ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ कात्तिक २१ । अभिनव साहित्य समाज, गोकर्णेश्वरमा मा वि स्तरीय आशु कवितालेखन प्रतियोगिता सम्पन्न भएको छ ।

“वाग्मती” र “बा” दुई शीर्षक दिइएकोमा जम्मा १९ वटा विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । अभिनवले नयाँ पुस्तामा साहित्यिक संस्कार दिने र जागरण गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू बारम्बार गर्दै आएको छ ।

सुप्रसिद्ध आख्यानकार रमेश विकलको नाममा स्थापित विकल अभिनव बालप्रतिभा पुरस्कार पनि अभिनव साहित्य समाजले नै स्थापना गरेको हो ।

‎अभिनवका उपाध्यक्ष तथा साहित्यकार विमल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आमन्त्रित खोलाघरे साहिंलो हुनुहुन्थ्यो भने विशेष आमन्त्रितमा रमेश विकलका पौत्र आलोक चालिसे, अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुशील आचार्य हुनुहुन्थ्यो । सभाको सहजीकरण अभिनवका सचिव परशुराम पराशरले गर्नुभयो भने स्वागत कार्यसमितिका सदस्य बीपी इलामेले गर्नुभएको थियो ।

गोविन्द घिमिरे वेदमणिले आफ्नो मन्तव्यको क्रममा रमेश विकलको नाममा स्थापित पुरस्कारका विषयमा र रमेश विकलका विषयमा जानकारी दिनुका साथै प्रतिस्पर्धीहरूलाई आवश्यक जानकारी पनि दिनुभएको थियो । सुपरिचित साहित्यकार कीर्तिशेष रमेश विकलको तस्वीरमा माल्यार्पणका साथ आरम्भ भएको कार्यक्रममा प्रतियोगितामा निम्नानुसार १९जना विद्यार्थीहरूको सहभागिता रहेको थियो-
‎१. समृद्धि श्रेष्ठ – वाग्मती, २.त्रिशाङ्क फुयाल-बुबा, ३.चाँदनी कडरा- वाग्मती नदी (लोकलयमा) ४.सविना गौतम-बा, ५-सरु लामा-बुबा, ६- डार्विन खत्री – वागमती, ७-आद्रिका सापकोटा -बुवा, (ललिता छन्द ?), ८-आदर्श -वाग्मतीको अवस्था, ९-सिर्जना मगर-वाग्मतीको अवस्था, १०-सुमियानी ढकाल-बुवा, ११.आश्ना खड्का-वाग्मती, १२.निशा थापा-बा, १३-सोनियाँ पौडेल -बुवा, १४.रोमी लाउ- म वाग्मती ,१५. कृसुप पौडेल -वाग्मतीको अवस्था १६. अनिशा थापा-बुवा,१७-माङ्साहाङ केरुङ- वाग्मतीको अवस्था, १८- दीपदर्शन नेउपाने- बुवा, १९-सुजल गौतम- बुवा (लोकलयमा), ‎ अप्रतियोगी रचनावाचनमा-श्रीसा बाँस्तोला,कुशल दङ्गाल, रिमा खतिवडा, सोफी लामिछाने, रोनिका खड्का, कृषा कार्की आदि हुनुहुन्थ्यो र केही प्रतिभाले गीत पनि प्रस्तुत गर्नुभएको थियो ।

गीता न्यौपानेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्यको आरम्भका केही श्लोकहरू वाचन गर्नुभयो । सुशील आचार्यले बालहितसम्बन्धी कविता सुनाउनुभयो ।

आशु कविता लेखनका सबै सहभागीलाई प्रमाणपत्र र पुस्तकहरू प्रदान गरियो । यस प्रतियोगितामा प्रथम-रिपुमर्दिनी मा वि का चाँदनी कडारा, द्वितीय -मनकामना मा वि का निलिशा थापा, तृतीय-हिमशृङ्खला मा वि काआस्था खड्का, र प्रोत्साहन पाउने-नव अरूणिमा मा वि का रोमी राउत एवम् बालसंसार मन वि का कृसुप पौडेल घोषित हुनुभयो ।

निर्णायकका तर्फबाट अभिनवका सहकोषाध्यक्ष मेनका प‍ोखरेल आचार्यले सबै प्रतियोगीहरूलाई बधाइ दिनुभयो ।

प्रथम हुनेलाई- रु ५ हजार, द्वितीयलाई रु ३ हजार तृतीय हुनेलाई रु. २ हजार ,र प्रोत्साहन २ जनालाई रु १/१ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सभाध्यक्ष तथा अभिनवका उपाध्यक्ष विमल अर्यालले सहभागी प्रतियोगी विद्यार्थीहरूलाई हार्दिक बधाइ दिँदै र सबैलाई हार्दिक धन्यवाद दिएर सभा समापन गर्नुभयो ।

०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
alokchalise@yahoo.com
alokchalise@yahoo.com
5 months ago

सहभागीले तथा पुरष्कृत भाइ बहिनी सवैलाई हार्दिक बधाई तथा शुभकामना।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x