फित्काैली डटकमसाहित्य कला सङ्गम दमककाे ५८ औँ मासिक शृङ्खला सम्पन्न
संस्थाका अध्यक्ष श्री बिन्दु दहाल मूकदर्शकको अध्यक्षता र सिक्किमका आदरणीय व्यक्त्तित्व राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएकाे हाे ।

दमक, झापा । २०८२ माघ २ । साहित्य कला सङ्गम दमकले आफ्नो ५८ औँ मासिक शृङ्खला संस्थाका अध्यक्ष श्री बिन्दु दहाल मूकदर्शकको अध्यक्षता सम्पन्न गरेकाे छ ।
सिक्किमका आदरणीय व्यक्त्तित्व राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा भव्यरूपमा सुसम्पन्न भएकाे हाे ।
उक्त अवसरमा साहित्यकला सङ्गमका सल्लाहकार तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, सङ्गमका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने, प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई , संस्थापक अध्यक्ष खेमलाल पोख्रेल, DPL का पूर्व अध्यक्ष दधिराम ढकाल, DPLकमलका पूर्व अध्यक्ष राजन चापागाईं, साहित्यकार नारायण शर्मा फुयालले सिर्जना वाचन गर्नु भएकाे थियाे ।
त्यसैगरी रचना वाचन गर्नेहरूमा पदम ओली, देवु चापागाईं, लीलान्श भण्डारी, सङ्गमका उपाध्यक्षत्रय यादव अधिकारी झाँक्रीखोले, दुर्गा काफ्ले, चन्द्रा गड्तौला, महासचिव ओमप्रसाद खनाल, सचिव बीरेन्द्र खड्का, सह सचिव मेघबन्धु खनाल, कोषाध्यक्ष नेत्र अधिकारी, सदस्य विवेक दुलाल क्षेत्री, रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला, साहित्यकार जीवनहरि शर्मा, गोपाल प्र दहाल, ज्ञानेन्द्र खड्का, किशोर खनाल, अम्बिका सापकोटा, उमा सुवेदी, यादव नेपाल, डिजायर नेपाल, ड्युसफ्ट नेपाल, त्रिलोचन रेग्मी, शान्त भट्टराई, खड्गबहादुर खड्का, भक्ता दहाल, नेत्र दहाल, शिभानी चापागाई, प्रीति चापागाईंलगायत हुनुहुन्थ्याे ।
प्रमुख अतिथिले पूर्वीय दर्शनशास्त्रका कुराहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।
०००
बिन्दु दहाल मूकदर्शीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































