साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शङ्कर लामिछानेको ५०औं स्मृति दिवसमा  ‘शंकर सन्दर्भ’ ग्रन्थको परिचर्चा

यो कृति सम्पादक पारशप्रकाश नेपालले गर्नु भएको हो। प्रकाशन दायित्व दया फाउन्डेसनले गरेको हो। प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ माघ १० । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ५०औं स्मृति दिवसको अवसरमा आयोजित ‘शंकर सन्दर्भ’ ग्रन्थको परिचर्चा कार्यक्रमको आयोजना डालो रेस्टुरेन्ट, बिगमार्टसँगै, अनामनगर, काठमाडौमा गरेको छ।

यो कृति सम्पादक पारशप्रकाश नेपालले गर्नु भएको हो। प्रकाशन दायित्व दया फाउन्डेसनले गरेको हो। प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत प्रतिष्ठानको कोषाध्यक्ष आख्यानकार, गायिका पद्मावती सिंह गर्नु भएको थियो । “चिसो मौसममा बिहानै यहाँ उपस्थित र पछि उपस्थित हुनु भएका सबैलाई शंकर सन्दर्भ पुस्तक बारे परिचर्चा कार्यक्रममा स्वागत गर्दछु ।”

अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । गोविन्दमान सिंह कार्कीले “पारिजातको सिरिसको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको चर्चा सुनेको छु।” भन्नुभयो।

वरिष्ठ समालोचक प्रमोद प्रधानले “जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं ।मैले निबन्ध लेख्न बस्दा गोधूली संसार ,एबस्ट्याक चिन्तन प्याज,ताना शर्माको बेलायततिर बरालिँदा आउँछ।

जस्ले प्रस्ट पहिचान बोकेर हिडेको हुन्छ, ती साहित्यकारलाई सम्झन्छौं । २० जना साहित्यकार भित्र शंकर लामिछाने पर्नुहुन्छ।शंकर लामिछानेको अन्तर्वार्ताको उत्कृष्ट संग्रह विम्बप्रतिविम्ब हो। हामी अहिले रहरमा साहित्यकार भएका छौं, शंकर लामिछाने जिम्मेवार भएर लेखेका छन् । स्पष्ट र टाढैबाट देखिने नाम शंकर लामिछाने हुन् । हाइकु नेपालमा भित्र्याउने लेखकका रुपमा पनि चिन्दछौं।” भन्नू भयो ।

शंकर लामिछाने प्रतिष्ठानका सदस्य नियात्राकार डा दामोदर पुडासैनी किशोरले “निबन्ध र साहित्यमा फरक धारमा आएको लामिछाने जति चर्चा हुनु पर्ने त्यो भएको छैन ।राज्यले निबन्धका कोशेढुंगालाई बिर्से जस्तो लाग्छ।”

कवि एवम् पत्रकार भूपेन्द्र खड्काले “म शंकरको पाठक भएको नाताले किन पढ्नुपर्छ ? भन्ने सन्दर्भमा चेतन प्रवाह शैली नेपाली साहित्यमा भित्र्याउने सर्जक हुन् ।मैले के गर्न सकिन्छ भनेर उहाँका समकालीनहरूसँका प्रशंग खोजीमा छु। शंकर पढ्नु भनेको जिम्मेवार पाठक र लेखक हुनु हो भन्ने लाग्छ।” भन्नु भयो।

श्री ओम श्रेष्ठ रोदनले “नेपाली निबन्धका ती धरोहर हुन् जसलाई अन्तर्राष्ट्रिय साहित्यमा पुर्याइयो भने नेपाली साहित्यको ओज र गरिमा बढ्ने थियोे ,सगरमाथा र बुद्ध मात्रै होइन शंकरका निबन्ध र साहित्यबाट नेपाल चिनिन सक्छ ।एकेडेमीले यस्ता धरोहरलाई बिर्सेको छ।”

प्रमुख अतिथि पुष्कर लोहनीले “मेरो पिताजीको नजिकको मित्र शंकर लामिछाने हुनुहुन्थ्यो । उहाँका कथा र निबन्ध के भन्ने छुट्याउन गार्हो छ। आजको घोस्ट राइटरको रूपमा हुनु हुन्थ्यो । अब शंकर को भनेर खोज्नुपर्छ ,को हो कुमुदिनी को भनेर खोज्नु पर्छ।

भूमिका सहित हाइकु शिरीषको फूलमा रहेको छ।त्यस्तो लेख्न सक्ने कोही छ ? माया नं ६५३ कथा पढे पछि शंकर लामिछानेलाई चिन्न सकिन्छ । मेरो लामिछानेसँग नजिकको सम्बन्ध थियो । सिर्जनामा साक्षी मेरी पत्नी पनि आजको कार्यक्रम उपस्थित छिन् ।”

कार्यक्रममा सभापति सविता ढुंगाना रहनु भएको थियो । उहाँले सबैलाई उपस्थित भएको धन्यवाद दिएर सभा विसर्जन गरिएको थियो । सविता ढुंगाना शंकर लामिछानेको बहिनी हुनुहुन्छ । यसैगरी अर्की बहिनी बहिनी संगीता शर्माको पनि उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मुक्तककार यादव भट्टराईले गरेका थिए ।

०००
मुरारि सिग्देलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x