सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओ. हेनरी

ओ. हेनरीको कथाको विशेषता यो छ कि उनको लेखाइमा व्यङ्ग्य र विनोद मिलेको हुन्छ । फेरि उनी मान्छेको बाहिरी जीवन तथा मनोजगत्को अध्ययन गर्छन् । जसमा मानवीय संवेदना गहिरो हुन्छ ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं ::

व्यङ्ग्यानुवाद :: आर. सि. रिजाल

त्यो मानिसको वास्तविक नाम ओ. हेनरी थिएन । अमेरिकाको सिकागो सहरको एक बैङ्कमा एउटा मान्छे काम गथ्र्यौँ । हिसाब हिनामिना गरेको अभियोगमा ऊ जेल पर्‍यो । जेलमा समय काट्न उसले कथा लेख्न लाग्यो । उसले आफ्नो नाम ओ. हेनरी राख्यो । ऊ ख्याती प्राप्त कथाकार भयो ।

ओ, हेनरी संसारको अरू कथाकारभन्दा भिन्नै किसिमका लेखक हुन् । उनको लेखनमा बडो चोटिलो व्यङ्ग्य हुन्छ । उनको भाषा विलक्षण छ । विरोधाभास समात्ने क्षमता अद्भुत छ । उनको प्रहार एकदम कडा हुन्छ । उनको लेख्ने शैली यस्तो छ कि लेख्दालेख्दै दुईचार ठाउँमा कटाक्षको वाण छोड्छन् । जसलाई अङ्ग्रेजीमा ‘टेन्जेन्ट’ भनिन्छ । उनी जे/जुन मूल विषयमा लेखिरहेका हुन्छन्, त्यसको बहानामा अरु व्यक्ति, वर्ग र वस्तुमा कटाक्ष व्यङ्ग्य गरिदिन्छन् । व्यक्तिको चित्रण उनी अद्भुत तरिकाले गर्छन् । जस्तै कसैलाई कन्जुस भन्नु छ भने उनी यसरी लेख्छन्- “ऊ यति धनी छ कि पुग्नु पर्ने ठाउँको छेउमा पुगेर मात्र ट्याक्सी चढ्छ ।” यसको साथै उनको लेखनमा गहिरो मानवीय संवेदना र चेतना हुन्छ । उनको भाषामा भाषिक ताजापन र उखानटुक्कायुक्त वाक्यगठन निकै लोभलाग्दो हुन्छ ।

उनको एउटा कथा छ- ‘जीवनको भुमरी’ । एकदमै मार्मिक छ । एउटा गाउँमा किसान दम्पती बस्थे । आपसमा झगडा गरिरहन्थे । एकदिन उनीहरू सम्बन्धविच्छेद गर्ने निणर्य गर्छन् र पाँच डलर लिएर विवाह दर्ता कार्यालय पुग्छन् । सम्बन्धविच्छेदको निवेदन पेश गर्छन् । अधिकारीले केही कुरा सोधपुछ गरेर उनीहरूको सम्बन्धविच्छेद मन्जुर गरिदिन्छ । अब दम्पती बाहिर निस्कन्छन् । उनीहरू एकअर्कासँग नबोलीकन बरन्डामा उभिरहन्छन् । कहिले यता हेर्छन्, कहिले उता । यत्रो वर्ष सँगै बसेर एकतरहको जीवन जिउने अभ्यास भैसकेको थियो । अब नयाँ परिस्थितिमा दुवै अन्यौलमा थिए । उनीहरूबीच यस प्रकारको कुराकानी हुन्छ-

पुरुष – अब तँ कहाँ जान्छेस् ?

स्त्री – म जहाँसुकै जाऊँ तिमीलाई के खाँचो । अब त हाम्रो सम्बन्ध छैन ।

पुरुष – तैपनि भन्दा के विग्रन्छ र ?

महिला – म आफ्नो मामाघर जान्छु जुन यो पहाडको उतापट्टि छ ।

पुरुष – ल हिँड् टाँगामा, म तँलाई त्यहाँ पुर्‍याइदिन्छु

महिला – अपरिचित हौं । हेर है, गाईलाई घाँस ठीक समयमा दिनू ?

पुरुष – जब तिम्रो र मेरो सम्बन्ध नै छैन भने यस्तो किन गर्छौ ? अब हामी एकअर्काका लागि तैँलाई अब गाइसाङको अर्थ के हो ?

स्त्री – बिहान बाँकी भएको रोटी छोपेर राख्या’ छु । आजको रात तिमीलाई खान पुग्छ ।

पुरुष – तँलाई के मतलब ? जब एक अर्काको हामी कोही होइनौँ ।

स्त्री – तिमी दराज बन्द गर्न भुल्छौ, त्यहाँ मुसा छिर्ला होस् गर्नु ।

यस्तो कुरा उनीहरूबीच धेरै बेरसम्म हुन्छ ।

अन्त्यमा यो तय गर्छन् – उनीहरू एक अर्काबिना रहन सक्तैनन् । फेरि विवाह गर्ने निणर्य गर्छन् । तर स्त्री भन्छे – “विवाह गर्न पाँच डलर लाग्छ त्यो हामीसँग छैन ।” पुरुषले “त्यसको व्यवस्था म मिलाउँछु” भन्छ । उसले कसरी व्यवस्था मिलाउँछ ? विवाह अधिकारी अफिसबाट घर जान लाग्छ । अँध्यारो अँध्यारो हुन्छ, बाटोमा धेरै झाडीहरू छन् । किसान उसकै पछि लाग्दै जान्छ र अधिकारीलाई झाडीमा ङ्याकेर पाँच डलर लुट्छ । अर्को दिन विवाहको अधिकारीसमक्ष पेश गर्छ । किसानले पाँच डलरको नोट पनि दिन्छ । त्यो मोडिएको पाँच डलरको नोट देखेर विवाह अधिकारीले थाहा पाउँछ, त्यो हिजो खोसिएको उसको नोट हो । ऊ अर्थपूणर् दृष्टिले किसानलाई हेर्छ ।

चौबीस घन्टामा सम्बन्धविच्छेद र विवाह दुवै हुन्छ । किसान दम्पती टाँगामा बसेर घर जान्छन् । मानवीय संवेदनाको यो कोमल र नाजुक कथा हो ।

अर्को विल्कुलै भिन्न प्रकारको कथा छ- ‘चेयर अफ फिलेन्थ्रो म्याथम्याटिक्स’ । जसमा दुईवटा लुटेरा हुन्छन्- राबर्ट र स्मिथ । उनीहरूले लुटेर धेरै पैसा जम्मा गर्छन्, अनि एक साँझ दार्शनिक हुन्छन् । राबर्टले भन्छ- ‘स्मिथ यस्तो कुरामा ध्यान दिनुपर्छ कि लुटेराले जसलाई लुट्छ उसले उनीहरूको भलाइको लागि पनि केही गर्छ । जस्तै त्यो खानीको मालिक हेर । ऊ मजदुरलाई धेरै शोषण गर्छ तर उनीहरूको लागि अस्पताल खोलेको छ र बच्चाहरू पढ्ने स्कूल पनि ।” स्मिथ भन्छ- “तिम्रो कुरा एकदमै ठीक हो, लुटेरामा पनि केही नैतिकता र पेसाकारी भावना हुनुपर्छ । हामीले जसलाई लुट्यौ उनीहरूको भलाइको लागि केही गर्नुपर्छ ।” उनीहरू सोच विचार गरेर यस्तो निष्कर्षमा पुग्छन् – जुन धनाढ्यहरूलाई हामीले लुट्यौ, तिनीका आवारा सन्तानको लागि विश्वविद्यालय खोलिदिनुपर्छ । उनीहरू सानो बस्तीमा जान्छन्, जहाँ एउटा चारतले भवन छ । घर बनाउनेसँग पाँचौ तला बनाउने पैसा थिएन । त्यसैले उसले चौथो तलाबाट हामफालेर आत्महत्या गर्‍यो । राबर्ट र स्मिथ यसै भवनमा ‘फ्री वर्ल्ड युनिभर्सिटी’ खोल्ने निर्णय गर्छन् ।

कार्यालय खुल्छ । सहरका ठूलो पत्रिकामा विज्ञापन छापिन्छ । यो विश्वविद्यालय निःशुल्क हुन्छ । सम्पूणर् विषय यसमा पढाइ हुन्छ । डिन, प्रोफेसरका लागि आवश्यकताको विज्ञापन छापिन्छ । बिस्तारबिस्तारै विश्वविद्यालयमा चहलपहल सुरु हुन्छ ।

राबर्ट स्मिथलाई भन्छ- “यहाँ निःशुल्क पढ्न जो केटाहरू आएका छन् । यी कसका सन्तान हुन्, यसमा तिमीले ध्यान दिएका छौ ? यी उनै धनी सुगुर र कुकुरका छोराहरू हुन् । यिनीहरू पढ्न हैन मोजमज्जा गर्न आएका हुन् ।”

राबर्ट र स्मिथ गाउन पहिरिएर डिन हुन्छन् । राबर्टले इजिप्टको प्राचीन सभ्यता बारे भाषण दिन्छ । केटाहरू मोजमज्जा गर्छन् । जुवा खेल्छन् ।

बैंकबाट रुपैयाँ झिकिँदै जान्छ र विश्वविद्यालय चल्दै जान्छ । एकदिन राबर्टले हिसाब हेर्छ र स्मिथलाई भन्छ- “अब एकदमै कम पैसा बचेको छ । यसबाट विश्वविद्यालय अगाडि बढ्न सक्दैन ।” दुईतीन दिनपछि राबर्टले ‘न्यूयोर्क टाइम्स’मा विश्वविद्यालयको लागि विज्ञापन देख्छ । जसमा ‘चेयर अफ फिलेन्यो म्याथम्याटिक्स’को लागि एक प्रोफेसर माग गरिएको छ ।

राबर्टले स्मिथसँग सोध्छ- “यो विज्ञापन तिमीले दिएको हो ? हामीसँग पैसा सकिदैछ, तर तिमी नयाँ डिन नियुक्त गर्दै छौ । योकस्तो विषय हो ?” स्मिथले भन्यो- “धैर्य गर पछि सब थाहा पाउछौ ।”

क्रिसमसको छुट्टी आउँछ । एकहप्तासम्म विश्वविद्यालयमा रमाइलो मेला चल्छ । अन्तिम रात राबर्ट र स्मिथ कार्यालयको कोठामा बसिरहेका थिए । त्यसैबेला एउटा मान इमोठूलो थैलो लिएर आउँछ । उसले थैलो खोल्छ र त्यसमा भरिएको नोट घोप्ट्याउँदै भन्छ – “यो आजको कमाइ हो ।” स्मिथ राबर्टलाई भन्छ- “यो डिन चेयर अफ फिलेन्थ्रो म्याथम्याटिक्स हो । जो जुवाको ठूलो खेलाडी हो । केटाहरूलाई जुवामा हराउँछ । यो प्रोफेसरले विश्वविद्यालय चलाई रहन्छ ।

मान्छेको अहम्, उच्च भावनाको बारेमा राम्रो कथा लेखिएका छन्- ‘प्राइड अरु सिटिज’ मा- सिकागो सहरमा बस्ने एक व्यक्ति न्युयोर्क आउँछ । त्यहाँ ऊ एउटा न्युयोर्कवासीसँग भेट्छ । दुवैमा मित्रता बस्छ । न्युयोर्कवासीले उसलाई कफी पिउन होटलमा लान्छ । दुवैजना बल्छन् । उनीहरूमा परस्पर खुब सद्भाव छ । कुराकानी सुरु हुन्छ । न्युयोर्कवासीले भन्छ- “न्युयोर्कको यो स्थानको बजारभन्दा राम्रो बजार अमेरिकामा अन्त छैन ।” सिकागोवासी भन्छ- “सिकागोको म बस्ने बजार तिम्रो यो बजारभन्दा अति राम्रो छ ।” यसप्रकार ‘मेरो राम्रो र तेरो नराम्रो’ भन्ने प्रतिस्पर्धा चल्न लाग्छ । न्युयोर्कवासीले भन्छ- “यो सिटीको पुलिस सुपरिटेन्डेटभन्दा योग्य अन्त कतै छैन ।” सिकागोवासी भन्छ- “हाम्रो पुलिस अफिसर राबर्ट तिमीले देखेका छैनौ । तिम्रो पुलिस अफिसर उसको सामु केही पनि होइन ।” यिनीहरू आपसमा आआफ्नो सहरको बारेमा बढाइँ गर्छन् । उनीहरूको कुराकानीमा कटुता आउन लाग्छ । आखिर सिकागोबासी “तिमीसँग मेरो कुरा मिल्दैन” भन्दै अर्को टेबलमा गएर बस्छ ।

ओ. हेनरीको कथाको विशेषता यो छ कि उनको लेखाइमा व्यङ्ग्य र विनोद मिलेको हुन्छ । फेरि उनी मान्छेको बाहिरी जीवन तथा मनोजगत्को अध्ययन गर्छन् । जसमा मानवीय संवेदना गहिरो हुन्छ ।

एउटा कथा छ- जसमा एउटा केटा साहै उपद्र्याहा छ । घर र टोलवासी ऊसँग दिक्क छन् । ऊ धनाढ्य व्यक्तिको छोरो हो । रकमको लागि डाँकुले केटा अपहरण गर्छ । केटा डाँकुसँग बस्छ र उनीहरूलाई पनि हैरान पार्छ । घोडामा जस्तो उनीहरूमाथि चढ्छ, उनीहरूको जीउमा कुछ, निद्रामा उनीहरूलाई चिमोट्छ ।

डाँकुले उसको बाबुलाई – “एकलाख डलर बुझाएर आफ्नो छोरालाई छुटाएर लैजा” भन्छ । केटाको बाबुले जवाफ दिन्छ- “म फुटिकौडी पनि दिन्नँ ।” डाँकुले- “पचास हजार, पच्चीस हजारसम्मको खबर पठाउँछ । तर केटाको बाबु मन्जुर हुँदैन । अनि डाँकुले खबर पठाउँछ- “हामी केही पनि नलिएर तेरो छोरा फिर्ता गछौँ ।” केटाको बाबुले खबर पठाउँछ- “ठीक छ आधी रातमा आउनू । दिउँसो केटा लिएर नआउनू । टोलवासीले तिमीहरूलाई पिट्छन् ।”

ओ. हेनरीले धेरै कथा लेखेनन् तर जति लेखे ती साह्रै राम्रा छन् ।

०००
भोलारामको आत्मा (२०६६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
आलोचना

आलोचना

शरद जाेशी
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं