नेपाली हास्यव्यङ्ग्य शिखर व्यक्तित्व हुन् भैरव अर्याल । मकुमारी र होमनाथ अर्यालका सुपुत्र अर्यालको जन्म १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर अर्याल पेशाले पत्रकारिता, लेखन तथा अध्यापन गर्दथे । २००९ सालमा प्रतिभा पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका अर्यालको पहिलो कृतिको रूपमा ‘के के भयो ?’ (गीतिकाव्य, २०१६) प्रकाशित भएको थियो । भैरवका ‘काउकुती’ (२०१९), ‘जयभूँडी’ (२०२२), ‘गलबन्दी’ (२०२६), ‘प्रवेशिका निबन्ध’ (२०२७), ‘इतिश्री’ (२०२८), ‘दश औतार’ (२०३३), ‘टेढाे ऐना’, ‘राजिनामा’ लगायत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू र कविता कृतिहरू प्रकाशित छन् । अर्याल ने.रा.प्र.प्र. कविता महोत्सव (२०२२) प्रथम तथा रत्नश्री पदक (२०२६) द्वारा पुरस्कृत व्यक्तित्व हुन् । भैरव अर्यालको निधन २०३३ असोज १९ गते गोकर्ण, काठमाडौंमा भएको थियो ।
आइतवार
आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति
पुरा पढ्नुहाेस्मपाईं
‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को
पुरा पढ्नुहाेस्दौरा सुरुवाल नपठाइदिने भएँ !
स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको
पुरा पढ्नुहाेस्हावाको बिउ : हल्लाको हाँगा
(प्रहसन) एक दृश्य स्थान : नयाँ सडकको माझसमय : वैशाखको साँझ (सडकको सेरोफेरो तडकभडकले पूर्ण छ
पुरा पढ्नुहाेस्कौवाले कान लैजाँदा
कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले
पुरा पढ्नुहाेस्डाढो
मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से
पुरा पढ्नुहाेस्नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली
नाट्यशास्त्राचार्य भरतले श्रृङ्गारको अनुकृति भने पनि मनोविज्ञानाचार्य फ्रायडले दमित कामवासनाको अभिव्यक्ति माने पनि हास्य मान्छेका मौलिक
पुरा पढ्नुहाेस्

bhairab aryal

























