हास्यव्यङ्ग्य शिल्पी विष्णु प्रभातको जन्म वि.सं. २००९ साल बैशाख १० गते माता मनकुमारी र पिता ऋषिराम अर्ज्यालका प्रथम पुत्रका रूपमा पाल्पाको मदन पोखरा- १ मा भएको हो । साहित्य क्षेत्रमा विष्णु प्रभातका नामले प्रख्यात भए पनि उहाँको खास नाम विष्णुप्रसाद अर्ज्याल हो । बाल्यकालदेखि नै केही रचनात्मक कार्य गर्न मन पराउने प्रभातले एम.ए. (नेपाली २०५२) बी.एड. अध्यय गर्नु भएकाे छ । भैरव अर्यालमा केन्द्रित विद्यावारिधिकाे शोध भने अधुरै रहेकाे छ । प्रभातको साहित्य लेखन वि.सं. २०२९ सालबाट शुरु भएको हो । उहाँको पहिलो प्रकाशित रचना (कविता विधाको) ‘म जगत हेर्दै थिएँ’ हो । यो कविता पाल्पाबाट प्रकाशित श्रीनगर पत्रिका (२०२९) मा छापिएको थियो । समालोचक, कवि, दार्शनिक, एवं हास्यव्यङ्ग्य निबन्धकार विष्णु प्रभातका हालसम्म झण्डै बाइसवटा कृतिहरू प्रकाशित छन् । ती मध्ये ‘खुर्सानी पुराण’(२०५१), ‘खुच्चिङ्’ (२०५३), ‘खुलदुली’ (२०५६), ‘खुलैखुला कुरा’ (२०५७), ‘खुराक’ (२०६०), ‘खुसखुस कम्पनी’ (२०६०) हास्यव्यङ्ग्य कृतिहरू हुन् ।
भैरव अर्यालको रचना यात्रा र गलबन्दी
अध्ययनलाई सजिलो, गहिरो र विस्तृत बनाउनका लागि गरिने कालविभाजनलाई निश्चित आधार दिइनु जरुरी हुन्छ । प्राविधिक
पुरा पढ्नुहाेस्‘चम्चा-चिन्तन’को चौधेरो चहार्दा
सामान्य परिचय नर वा बानर के हुन् मलाई नसोध्दा हुन्छ, मैले त अनाथ हैन नरका पनि
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य शैलीः सर्वाधिक लोकप्रिय शिल्प
प्रत्येक लेखकसँग आफ्नो एउटा लेखन शैली हुन्छ । मूलपहिचान दिने त्यो शैली नै उसको शब्दकला हो
पुरा पढ्नुहाेस्ओम् वासुदेवाय नमोनमः
‘सञ्चै’ छ ?’ एकाबिहान टुप्लुक आइपुगेका जुङ्गेकाजीलाई मैले भने- ‘सुनाऊ न त ताजा हालखवर !’ ‘हालखवर’
पुरा पढ्नुहाेस्दन्त पुराण
मैले सबभन्दा प्यारो वस्तु नाक हो भनेर लेखपछि एकथरी मान्छेहरू निकै रिसाएका छन् । उनीहरूले मलाई
पुरा पढ्नुहाेस्शैलेन्द्र सिंखडाको हास्यव्यङ्ग्य कला
तरवारको छोरो दरवारको पाले भन्नुहुन्थ्यो दुर्गा बाले तर विडम्बना के भयो भने सिम्खडालाई सिङ् खडा बुझ्ने
पुरा पढ्नुहाेस्अनिलका हास्यव्यङ्ग्यको आधार नियाल्दा
सिङ्गो नेपाली साहित्यको कुरा छाडी निबन्ध विधामा मात्र केन्द्रित रहेर भन्ने हो भने पनि थुप्रै लेखकहरू
पुरा पढ्नुहाेस्भैरव अर्यालको हास्यव्यङ्ग्य
हास्यव्यङ्ग्यकार भैरव अर्याल कस्ता प्रतिभा हुन् भन्ने कुरा उनको शिक्षक, पत्रकार, कवि, सम्पादक, निबन्धकार तथा समालोचक
पुरा पढ्नुहाेस्नेपाली हास्यव्यङ्ग्य : सामान्य सर्वेक्षण
हास्य र व्यङ्ग्य दुई अलग अर्थभार लिएका शब्द हुन् । साहित्य, कला र सङ्गीतका क्षेत्रमा यी
पुरा पढ्नुहाेस्

bishnu prabhat


.jpg)

























