लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
जुङ्गा
क्षेत्रीको गहना थियो र पहिले जुङ्गा भयो शानको हालैमा यसको महत्व किन हो देखिन्न सम्मानको राख्दैनन्
पुरा पढ्नुहाेस्टुप्पी महात्म्ये
टुप्पी सबैको हुँदैन र सबैले राख्दैनन पनि । टाउकाको कपालले नै सबै कुराको कमाल गर्ने भएपछि
पुरा पढ्नुहाेस्राजनीतिको भ्यासेक्टोमी
नीति बिनाको हाम्रो राजनीति बढ्दैछ आकार भयो भ्रष्टनीति नेता भए कलुषित बिकार प्रिती रुवाएर जनता भर्दैछन
पुरा पढ्नुहाेस्भतुवालाई बिगौती
१. गोलमाल छ गोज्याङ्ग्रे तेरो जीवन पोल्टाभरी पीडा बोकी काट्छस् रिवन बाठो बन्छस् आफैँ सधैँ सद्देहरू
पुरा पढ्नुहाेस्

madhav pokharel


























