साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुङ्गा

जुङ्गाको महिमा ठुलो छ जहिले हाँस्य रसैको जडी, पालौँ यो सबले सधैँ रहरिलो माँन्छे त हाँस्ने गरी ।

Nepal Telecom ad

क्षेत्रीको गहना थियो र पहिले जुङ्गा भयो शानको
हालैमा यसको महत्व किन हो देखिन्न सम्मानको
राख्दैनन् अहिले सफाचट सबै जुङ्गा हरायो कता
देखिन्थे पहिले सबैतिर अहो ओठै भरीमा छटा ।

जुङ्गा शासनको थियो र पहिचान राणाहरूको जहाँ
हिन्दूको पहिचान भित्र रहने बुझ्थे सबैले यहाँ
यो हाम्रो गहना समान बुझनूँ जुङ्गा र टुप्पी पनि
राख्नू पर्दछ साथ यी सबकुरा हिन्दू हुँदामा अनि ।

जुङ्गा हो गहना सबै पुरुषको देखिन्छ यो सुन्दर
व्यङ्ग्यको रचना हुनेछ जनमा देखेर जो अन्तर
मान्छेको अनुहार भित्र रहने यो ओठको आडमा
राखे बस्छ सधैँ भएर गतिलो जोगाउनू जाँडमा ।

छोक्रा लाग्दछ जाँडको वरिपरी चोरेर खाए सरी
देख्छन् जो अरुले र लाज नहुने हाँसेर मस्ती गरी
जुङ्गाको महिमा ठुलो छ जहिले हाँस्य रसैको जडी
पालौँ यो सबले सधैँ रहरिलो माँन्छे त हाँस्ने गरी ।

मान्छेको अनुहार सुन्दर हुने जुङ्गा भएमा उसै
चिन्छन् मानिसले सधैँ शहरमा जुङगे भनेरै उसै
लामो होस् कसिलो मुठे गजबको देख्दै महाभारको
टुप्पी होस् त अझैँ भँुई लतरिने मान्छे बनोस् प्यारको ।

मान्छेको रसिलो मिजास जसले जुङ्गा बनायो मुठे
बुझ्दैनन् अरुले कथा रहस्यको भोलि देखिन्छ ठुटे
भालेको पहिचान झैँ सिउरले जुङ्गा छ मान्छेतिर
साँढेको पहिचान जुरो छ जहिले बोको छ दाह्रीतिर ।

राम्रो हो गहना सुहाउँछ सधैँ ईमान होस् बैँशको
जुङ्गाको पहिचानले भुवनमा व्यक्तित्व होस् ऐसको
आ हा सुन्दर यो भनेर सबले ताली पिटेरै जहाँ
सम्मानै जहिले मिलोस् भुवनमा झ्याली पिटेरै यहाँ ।

शोभा हो पुरुषार्थको सफलता बाङ्गो भए जोकर
जुङ्गाको पहिचान हुन्छ सबमा साहेव वा नोकर
जो जे होस् पहिचान हुन्छ यसले जुङ्गा छ है अब्बल
साहेवी, गरिबी सबै जनहरू जुङ्गा सधैँ सब्बल ।

नाके फोहरको अडेस जसरी जुङ्गा बसेको छ है
बन्छौ नायक झँै समाज बिचमा जुङ्गा झरेको छ है
मोतीझैँ जहिले रहन्छ दिलमा जुङ्गा बनोस् खासमा
छेपारो जसरी नफेर विविधा जुङ्गा सधै साथमा ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x