प्रेमजङ्ग र प्रेमकुमारीका सुपुत्र रामकुमार पाँडे र जावलाखेल, ललितपुरमा २००३ असार २५ गते जन्मिनु भएकाे हाे । वरिष्ठ नेपाली हास्यव्यङ्ग्यकार पाँडे प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । पाँडेको पहिलो प्रकाशित निबन्ध ‘म अग्लाो भएँ’ (२०१८) हाे । उहाँको पहिलो हास्यव्यङ्ग्य कृति भने कौवा प्रकाशनबाट प्रकाशित ‘ख्याल-ख्याल’ (२०२३) रहेको छ । यसैगरी ‘सञ्चै छ’ (२०२५), ‘खप्पर !’ (२०२३), ‘मोज गर्नोस्’ (२०२७), ‘बाह्रमज्जा’ (२०३०), ‘बाबुको बिहे’ (२०३३), ‘सिङ न पुच्छर’ (२०३६), ‘रसरङ्ग’ (२०४२), ‘चारखुट्टेको चमत्कार’ (२०४८), ‘ताल बेताल’ (२०४९), ‘थुइक्क’ (२०५९) र ‘श्री पाँडेको सरकार’ (२०६३) गरी दर्जन बढी व्यङ्ग्य कृतिहरू प्रकाशित छन् । ‘वासुदेव लुइँटेल पुरस्कार, २०६०’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट सम्मानित पाँडे ‘कलियुग द्वैमासिक’ लगायत थुप्रै पत्रपत्रिकाहरू सम्पादन गर्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा सहभागिता जनाइसक्नुभएका पाँडेका व्यक्तित्व र कृतित्वको बारेमा शोधपत्रहरू समेत तयार भएका छन् ।
भैरवको भर, हास्यव्यङ्ग्यमा केको डर ?
नेपाली हास्यव्यङ्ग्य साहित्य एक्काईसौं शताब्दीमा निकै अघि बढिसकेको छ । हास्यव्यङ्ग्यभित्र हास्यरसका थुप्रै विधा विकसित छन्
पुरा पढ्नुहाेस्भ्यागुतो ! भ्यागुतो ! माछा !!
हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि
पुरा पढ्नुहाेस्कविताको कमाल
हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ
पुरा पढ्नुहाेस्हास्यदेव वासुदेवको विदाइ
२०६३ भदौ २५ गते बिहान साँढे ६ बजे टेलिफोनको घन्टी बज्यो । म ओछ्यानमै थिएँ ।
पुरा पढ्नुहाेस्भैरव अर्याल : मभित्रका मेरा मित्र
खोइ कसरी गोकणर्तिर बस्ने भैरव म जाउलाखेलमा बस्ने मेरा मित्र हुन आइपुगे । अहिले सम्झेका दुई
पुरा पढ्नुहाेस्कार्टुनकलामा व्यङ्ग्यको बान्की
चित्र विचित्र ढङ्गले विकृतिको विद्रूप रूप सचित्र पेस गर्ने सचेत हास्यव्यङ्ग्य हो कार्टुनकला ! कार्टुन सद्चित्र
पुरा पढ्नुहाेस्भ्यागुतो ! भ्यागुतो माछा !
हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि
पुरा पढ्नुहाेस्हजुरबाको राजअनैतिक वखान
ए हजुर बा ! उहिलेको कुरा खुइलेको भन्नुहुन्छ । राजनीतिको नीति कस्तो थियो नातिलाई नआत्ती भनिदिनु
पुरा पढ्नुहाेस्नेताको व्यथा
राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ ।
पुरा पढ्नुहाेस्

ram kumar pande




























