साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ सार्वजनिक

कार्यक्रममा लेखक तथा पत्रकार भैरव रिसालले पुस्तकमा चाहिने कुरामात्र रहेको र गफ नरहेको बताउनु भयो । उहाँले मन्त्री रायलाई मुलुक किन बिग्रेको भनी प्रश्न गर्नु भयो ।

Nepal Telecom ad

भक्तपुर, २०८० बैशाख २ । लेखक श्रीधर लामिछानेको ‘सहज बुढ्यौली’ कृति सार्वजनिक भएको छ । शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादव लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा लोकार्पित कृति बारे टिप्पणी गर्दै पुस्तकका टिप्पणीकार चेतनाथ कँडेलले जेष्ठ नागरिकका सवालबारे ऐन कानुन कार्यान्वयनको चरणमा रहेको समयमा लोकार्पित पुस्तक ‘सहज बुढ्यौली’ उपयोगी कृति रहेको बताउनु भयो । ‘सहज बुढ्यौली’ जेष्ठ उमेर लाग्दै गरेका सबैले सिरानीमा राखेरै पढ्नु पुस्तक रहेको कँडेलको भनाई छ । जेष्ठ नागरिक उमेर व्यस्त, स्वस्थ र मस्त रहने उमेर रहेकाले सोही कार्य सिकाउनेमात्र नभई पुस्तकमा लामिछानेका जीवननाभूति र अनुभवलाई समेत समेटिएको बताउनु भयो । उहाँले ‘सिनियर सिटिजन क्याम्पेनिएन’का लागि पुस्तक उपयोगी हुने जेष्ठ नागरिकको ढोकानेर पुगेकालाई पुस्तक उपयोगी रहेको बताउनु भएको हो ।

कार्यक्रममा लेखक तथा पत्रकार भैरव रिसालले पुस्तकमा चाहिने कुरामात्र रहेको र गफ नरहेको बताउनु भयो । उहाँले मन्त्री रायलाई मुलुक किन बिग्रेको भनी प्रश्न गर्नु भयो । नयाँ वर्ष २०८० देखि नेताहरूले झुठो बोल्न छाडिदिन पनि अनुरोध गर्नु भयो । राजनीतिमा ढाँट्न छाडे मुलुक आफै बन्ने उहाँको भनाई छ ।

कार्यक्रममा लेखकलाई शुभकामना दिँदै पूर्व परराष्ट्र मन्त्री विमला पौडेल राईले लामिछानेका पुस्तक जेष्ठ नागरिक, कानुन बनाउने, कार्यान्वयन गर्ने र मन्त्री लगायतका हातहातमा पुर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

पुस्तकका सम्पादक श्रीश भण्डारीले नीति नियम बनाउने पक्षदेखि आम वुढ्यौली जीवन विताउने अवस्थाका नागरिक लक्षित पुस्तक बजारमा आएको बताउनु भयो । समाजमुखी पुस्तक सम्पादन गर्दा आफुलाई निकै सन्तुष्टि मिलेको पनि उहाँले बताउनु भयो । लामिछानेको कृति जेष्ठ नागरिकहरूको आधिकारिक दस्तावेज मान्न सकिने भण्डारीको भनाइ छ । उहाँले भन्नू भयो, ‘सहज बुढ्यौली जेष्ठ नागरिकलाई उत्प्रेरणा जगाउने पुस्तक हो ।’

लेखक लामिछानेले व्यवहारमा राष्ट्रियता देखाउन सक्ने मानिसहरूको संगतबाटै सहज बुढ्यौली लेखिएको बताउनु भयो । राष्ट्रिय जेष्ठ नागरिक महासंघका उपाध्यक्ष अम्विका केसीले लेखकले महत्वपूणर् कृति ल्याएकोमा शुभकामना दिँदै महासंघ सधैं लामिछानेको साथमा रहेको बताउनु भयो ।

समाज कल्याण परिषदका सञ्जयकुमार मल्लले जेष्ठ नागरिक क्षेत्रमा काम हुने अवस्था आएको दावी गर्नुभयो । लामिछानेको पुस्तकले जेष्ठ नागरिकका लागि काम गर्न गराउन सहयोग पुर्याउने बताउनु भयो । कार्यक्रमका वक्ता डा. गौरीशंकरलाल दासले जेष्ठ नागरिकले भोग्नु परेका समस्या बारे आफ्ना अनुभूति प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादवले लामिछानेको ‘सहज बुढ्यौली’ कृति जेष्ठ नागरिकका लागि उपयोगी पुस्तक भएकाले मन्त्रालयको पहलमा जेष्ठ नागरिकका महासंघ मार्फत देशभर पुर्याउने कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले हरेक टोल टोलमा स्थानिय तह मार्फत जेष्ठ नागरिक मिलन केन्द्र खोल्नु पर्ने आवश्यक्ता सरकारले महसुस गरेको बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष श्यामकुमार धौभडेलले जेष्ठ नागरिकमा पणयवहारिक रूपमा प्याृग भइरहेका शब्द र चलनचल्ती मास्न नहुने बताउनु भयो । बुढो बा भन्दैमा कोही पनि रिसाउन नहुने उहाँको धारणा थियो । धौभडेलले जेष्ठ नागरिक भत्तापनि उमेर अनुसार वर्गिकरण गर्न सरकारसँथ माग गर्नु भयो ।

कार्यक्रममा गायकहरू ईन्द्र केसी, वृन्दा पन्थीले जेष्ठ नागरिक लक्षित भजन प्रस्तुत गरेका थिए । पुस्तक ईर्टनल पव्लिकेसन्स् प्रा.लि. काठमाडौंले प्रकाशन गरेको हो । पुस्तक २६४ पृष्ठको रहेको छ भने, मूल्य ३००/- रूपैयाँ रहेको छ । लोकार्पणको अवसरमा ५० प्रतिशत छुट सहित विक्रि वितरण गरिएको थियो । लेखकले पुस्तक विक्रिवापत प्राप्त रकम जेष्ठ नागरिककै क्षेत्रमा कार्य गर्न खडा गरिएको कोषमा जम्मा हुने बताउनु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x