सुलसुलेलघुकथा सुनाउने फरक अभियानको दोस्रो शृङ्खला
प्रधान अध्यापक आसमान तामाङ राप्ती नगरपालिका वडा न. १० का वडा अध्यक्ष तेजबहादुर तामाङको विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

चितवन, २०८० वैशाख २ । साहित्यलाई बन्द कोठा, भव्य सभा, पार्टी प्यालेस र सामाजिक सञ्जालको कठघराबाट बाहिर ल्याएर आम सर्वसाधारण जनताहरूसँग प्रत्यक्ष जोडिएर दूर दराजका आम मानिसहरूलाई साहित्यसँग प्रत्यक्ष जोड्ने र सामाजिक जनचेतनामा अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेको छ लघुकथा अभियान ।
साहित्यको एउटा गहन र सूक्ष्म विधा लघुकथा मार्फत सुन्ने र सुनाउने लघुकथा अभियान अन्तर्गत आज चितवन जिल्लाको सुदूर पूर्व राप्ती न.पा.-१० स्वामीटार स्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसर भित्र शोभा चेपाङ र कमला कुमारी सुनुवारज्यूको हातबाट चुवा फूलको माला अर्पण गर्दै अभियानको दोस्रो शृङ्खला सम्पन्न गरियो ।
प्रधान अध्यापक आसमान तामाङ राप्ती नगरपालिका वडा न. १० का वडा अध्यक्ष तेजबहादुर तामाङको विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नमस्ते आधुनिक लघुकथा मञ्च चितवनबाट अभियन्ता मिठु डल्लाकोटी, घनश्याम डल्लाकोटी हुनुहुन्थ्यो र लघुकथा चौतारी मकवानपुरका अभियन्ताहरू किशन पौडेल, श्यामप्रसाद श्रेष्ठ, समीर पाख्रिन, तोयनाथ सुवेदी, विष्णुप्रसाद गौतम र भरतपुरबाट प्रभादेवी पौडेलले आआफ्नो लघुकथाहरू उपस्थित आम सर्वसाधारण पाठकहरू माझ वाचन गरेर सुनाउनु भएको थियो ।
साथै विभिन्न लघुकथा कृतिहरू स्थानीय स्वामिटार र खहरेका विभिन्न राष्ट्रिय आधारभूत विद्यालयका प्रधान अध्यापक श्रीआसमान तामाङ, श्रीसक्तबहादुर बि.क. श्रीदसरथ तामाङ, श्रीतामु गौरी, स्वास्थ्य चौकी इन्चार्ज श्रीकुमार सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो ।
किशन पौडेलले लघुकथाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि लघुकथाकार एवम् समीक्षक मनिषकुमार शर्मा (काठमाडौँबाट) हुनुहुन्थ्यो ।
कार्यक्रमको संयोजक नमस्ते आधुनिक लघुकथा मञ्च चितवनका कृष्णजी शर्मा र लघुकथा चौतारी मकवानपुरको तर्फबाट किशन पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मिठु डल्लाकोटीज्यूले गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































