साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली नववर्षको शुभकामना सहित पाक्षिक ‘सृजना वाचन’

दोस्रो सत्रमा सिक्किम, दार्जिलिङ, डुवर्स, सिलगडी अनि तराई क्षेत्रबाट सहभागी भएका सर्जकहरूले आ-आफ्ना मौलिक रचनाहरू छन्द कविता, लघुकथा, गीत, गजल, मुक्तक आदि सुनाए ।

Nepal Telecom ad

दार्जिलिङ, १५ अप्रेल २०२३ । विश्व नेपाली साहित्य महासंघ- भारत शाखाको पाक्षिक ‘सृजना वाचन’ कार्यक्रम सहित नेपाली नव वर्ष २०८० को शुभकामना आदानप्रदान भर्चुअली गुगल मिट मार्फत् सम्पन्न भएको छ ।

श्री राहुल राईको अध्यक्षता साथै कवयित्री सुमित्रा अविरलको कुशल सञ्चालनमा नव वर्षको शुभकामना आदानप्रदानको दौर प्रथम सत्रमा सम्पन्न भयो भने दोस्रो सत्रमा सिक्किम, दार्जिलिङ, डुवर्स, सिलगडी अनि तराई क्षेत्रबाट सहभागी भएका सर्जकहरूले आ-आफ्ना मौलिक रचनाहरू छन्द कविता, लघुकथा, गीत, गजल, मुक्तक आदि सुनाए ।

सृजना वाचनको क्रममा विमल खतिवडा माइला, देविका मंग्राती, अर्जुन निरौला, जयन्ती मुखिया, धिरज सुब्बा, शान्ती भुजेल, निमा तामाङ, नुरन राई, छन्द गुरु मोहन गौतम, सरस्वती शर्मा, प्रेम न्यौपाने, विसन बराईली, केशव शर्मा आदिले क्रमबद्ध रुपमा आ-आफ्ना मौलिक रचना पस्किए भने असमका श्री प्रेम विश्वकर्माले मादल बजाउँदै झ्याउरे छन्दमा गीत गाएर कार्यक्रम मनोरञ्जनात्मक बनाए ।

कतिपय सर्जकहरूका मोबाइलको नेटवर्क र प्राविधिक पक्ष उति सबल नदेखिए पनि कार्यक्रममा २५/३० जना साहित्यिक सर्जकहरूका उत्साहबर्द्धक उपस्थिति कार्यक्रमको अन्तसम्म देखियो भने साहित्य क्षेत्रका नारी हस्ताक्षर सुभद्रा बम्जन, शारदा स्टेफी सुब्बा, श्रीमती अमला छेत्री, गीतकार ग्याल्पो लामा, कुशल उदघोषिका, गजलकार निर्दोशिका तामाङको पनि महत्त्वपूणर् उपस्थिति रहेको थियो ।

नव कलमका धारहरूलाई समेटेर विनेसामले पाक्षिक रुपमा सञ्चालन गरिरहेको यो ‘सृजना वाचन’ कार्यक्रम धारावाहिक रुपमा अघि बढ्नेछ भनि सचिवा सुमित्रा अविरलले जनाएकी छन् ।

नेपाली साहित्यको विकासक्रममा थप टेवा प्रदान गर्दै सृजनाको मूल फुटाउन समानान्तरपूर्वक संस्थागत रुपमा भर्चुअली अनि प्रत्यक्ष (फिजिकली) कार्यक्रमहरू गर्दै आइरहेका छौं, निकट भविष्यमा पनि गरिरहने छौं भनि विनेसामका अध्यक्ष श्री राहुल राईले बताए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x