साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन विधाका राष्ट्रिय व्यक्तित्वलाई सम्मानित गरियो

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंका कुलपति भूपाल राईको बाहुलीबाट फूलमाला, अबीर सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Nepal Telecom ad

मोरङ, ०७९ चैत २९ । पथरी-शनिश्चरे स्थित सि.एम.कन्दङ्वा स्मृति कोषले तीन विधाका राष्ट्रिय व्यक्तित्वलाई सम्मानित गरेको छ ।

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई कुल एक लाख ६५ हजार नगद राशीसहित सम्मानित गरिएको हो ।

पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टा-छुट्टै विधाको ३ जनालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंका कुलपति भूपाल राईको बाहुलीबाट फूलमाला, अबीर सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट सम्मानित गरियोे । त्यसैगरी, दार्जेलिङ भारतका संगीतकार अनिल फागोलाई संगीत विधातर्फको ५१ हजारसहित सि.एम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट सम्मानित गरियो भने लामो समयदेखि पूर्वी मोरङलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनुभएका पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राई सम्मानित गरिएको छ । उहाँ ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९बाट सम्मानित हुनुभएको हो ।

सम्मानित समालोचक, अनुवादक तथा स्रष्टा प्रा.डा. गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरू प्रकाशित भएका छन् । ३२ भन्दा बढी सम्मान पाइसक्नु भएको छ । त्यस्तै, संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरूमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएका फागोले विभिन्न गीतहरूमा संगीत भर्नुभएको छ । यसैगरी, सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ ।

कोषले यस अघि विशिष्ट प्रतिभा सम्मान प्रसिद्ध लोकगायक एल.पी. जोशीलाई र विशिष्ट युवा प्रतिभा सम्मान साहित्यकार धनकुटे कान्छालाई प्रदान गरेको थियो ।

कार्यक्रममा नेपाल, भारत तथा अन्य स्थानहरूबाट साहित्यकार, संगीतकर्मी तथा पत्रकारहरूको विशिष्ट योगदान पुर्याउनु हुने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सिएम कन्दङ्वा स्मृति कोषका अध्यक्ष डा. रामनारायण कन्दङ्वाको अध्यक्षतामा भएको सम्मान समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका चित्रकला तर्फकी प्राज्ञ सरोजा खड्गी, वरिष्ठ समालोचक दधीराज सुवेदी, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलाल, वरिष्ठ लोकगायक एल.पी. जोशी, गीतकार शिवशंकर थापा, कवि विवश पोख्रेल, कवि धनकुटे कान्छा, लगायतका विभिन्न विधाका सर्जकहरूले कविता, गीत गजल गाउनुका साथै कला-संगीत प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

०००
धनकुटे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x