साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिचय पत्र

'किनकी तपाईंसँग वृद्ध हो भनेर चिनाउने वा विश्वास दिलाउने खालको कुनै प्रमाणित कागज वा परिचय पत्र नै छैन आमै...। अनि कसरी दिनु त वृद्ध भत्ता ?'

Nepal Telecom ad

मन्दिरा मधुश्री :

आँखाभित्र पसेर चिम्सा भएका । कोस वरिपरि गुजुमुज्ज मुजा परेका, हिमालझै टलक्क टल्किए‌कोले पहिला कतै कालो थियो भन्ने पत्याउन गाह्रो हुने खालको कपाल, मासु सुकेर छाला मात्र हड्डीमा बेरिएर मुक्को शरीर थरथर काँप्दै लठ्ठीको भरमा एउटी वृद्धा टेबल अघिल्तिर आइपुगिन् र अधिकारीलाई स्याँस्याँ गर्दै सोधिन्, ‘बाबु र बुढाबुढीलाई पैसो दिन्छन् रे भन्ने सुनेर आ’की, कता हो बाबु पैसो दिने ठाउँ बुइय गर्दै बुढी आमैले भनिन् ।

‘वृद्ध भत्ता दिने ठाउँ त यही हो आमै ।’ छेउको कुर्सीमा बस्न भने अधिकारीले। अनि फाइलबाट कागज निकालेर लेख्न थाले। ‘तपाईंको नाम के हो आमा ?”

‘डोला कुमारी । त्यति बेला हाम्रो सरकारले पनि विदेशबाट डोला झिकाएर बिहे गरेका अरे अनि त्यै भर मेरो नाम पनि डोला राखेको अरे’ उनले प्रस्ट्याइन् ।

‘कति वर्ष पुग्नु भो त…?’

‘खै कति वर्ष हो मैलाई था छैन । ठुलो भुइँचालोमा घरले किचिएर मेरा खसम बित्नुभा’को । म चाहिँ घाँस काट्‌न बन गएकीले बाँचेकी…।’ दाँत नभएको थोते गिजा मात्र हल्लाउँदै उनले भनिन् ।

‘तपाईंको ठेगाना कहाँ हो ?’ अधिकारीले फेरि सोधे ।

‘है के भनेको त्यो ?” उल्टै प्रश्न गरिन् उनले ।

‘कहाँबाट आउनु भएको ? तपाईंको गाउँको नाम क्या … । तपाई बसेको ठाउँलाई नै ठेगाना भन्छन् स्या।’ निकैबेर सम्झेजस्तो गरेर भनिन्, ‘मेरो ठिगाना अब कहाँ भनौ खै। म जन्मेको गाउँ पूर्व चार लम्बर भच्चुरको पोखरेमा। बे भको खोटाङकाे चिसापानीमा । मालिक बितेपछि हेला गरे घरमा। माइतमा पनि सौतेनी आमा थिइन्, उनले राम्रो नगरेपछि भागेर धरान पुगें। अनि पिण्डेश्वरमा भगवानको सेवा गरेर बसें अहिले चैं पशुपतिको बुढाबुढी बस्ने ठाउँमा बस्छु। यै हो है नानी मेरो ठेगाना।’

‘खै त तपाईंको नागरिकता दिनु त ।’ अधिकारीले भन्यो ।

‘के हो बाबु त्यो नागरिक भनेको ?’

‘तपाईंको जन्मेको साल, जन्मेको ठाउँ, अनि तपाईंको श्रीमान्‌को, तपाईंको बाबुको नाम पनि लेखेको हुन्छ । तपाईंको नि फोटो टाँसेको हुन्छ। तपाई नेपाली हो कि विदेशी हो भनेर चिन्न सजिलो हुन्छ ।’

‘त्यस्तो कागत त छैन बाबु मसँग ।’

‘तपाईंसँग केही परिचय पत्र छ त ? वृद्धको ?’

‘त्यो के हो नि ?י

‘तपाई बुढो हो भन्ने सिफारिस भएको कागज क्या। अफिसबाट दिने। खै ल्याउनु त ?

‘तेस्तो कागत त कसैले देकै छैन कॉट ल्याउनु र बाबु ?”

‘त्यसो भए त वृद्ध भत्ता पनि दिनै मिल्दैन आमै ।’

‘किन र बाबु ?’

‘किनकी तपाईंसँग वृद्ध हो भनेर चिनाउने वा विश्वास दिलाउने खालको कुनै प्रमाणित कागज वा परिचय पत्र नै छैन आमै…। अनि कसरी दिनु त वृद्ध भत्ता ?’

चाउरी परेर भित्र धसिसकेका आँखाले हेरिरहिन् उनले…।.

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x