साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्धभत्ता

त्यत्रो पसल छ, अनि महिनाको ४/५ लाख त घरबहाल उठाउछ होला। तपाईंहरु पनि भत्ता लिन आएको भन्दा बुढी चाहिँले ङिचिक्क हाँसेर - सरकारले दियो हाम्ले लियो भनिन् ।

Nepal Telecom ad

आर.सी. रिजाल :

बिहान मोबाइलमा कुरा भएअनुसार दिउँसो एकबजे बच्चु कटुवाल लठ्ठी टेकेर रामबाबुलाई भेट्न पुग्छन्।उनिहरुबिच यस्तो भलाकुसारी हुन्छ-:
कटुवालले – तपाईहरुले जेष्ठ नागरिकलाई सचेत तुल्याउने संस्था स्थापना गर्नु भएको सुनेर बधाईदिन आएको भने।

रामबाबुले– बधाई त मोबाइलबाटै दिए भैहाल्थ्यो नि। किन बसभाडा तिरेर सकिनसकि आउनु पर्‍यो भने।

कटुवालले- हेर्नुस् रामबाबुजी म सामान्य बिहानबेलुकी हातमुख जोर्न पुग्ने स्थितिको मान्छे हुँ। मैले पाउने बृद्धभत्ता विभिन्न सामाजिक संघ संस्थालाई अर्पण गर्दै आएको छु। बुढेसकालमा आफूलाई आत्मसन्तुष्टि हुने कार्य गर्दा मलाई रमाइलो लाग्छ । त्यसैले थोरै भए पनि यस पटकको भत्ता तपाईंको संस्थालाई दिने निर्णय गरेँ भने।

रामबाबुले – तपाईंको बिचार सुन्दा “धन हुनेको मन छैन, मन हुनेको धन छैन” भन्ने भनाइ याद आयो । तपाईं जस्तो साधारण व्यक्तिबाट प्राप्त रु. बाह्र हजारलाई मैले त बाह्र लाख जत्तिकै ठानेँ। हाम्रो समाजका आफूलाई मैहुँ भन्नेहरु लाजै नमानी सरर कारमा चढेर बृद्धभत्ता बुझेको र त्यसको दुरुपयोग भएको देख्दा साह्रै थकथक लाग्छ भने।

कटुवालले – मैले त मान्छे भएर जन्मेपछि आफूले सक्दो कर्तव्य पालन गर्न खोजेको मात्र हुँ। चुरो कुरा तपाईहरु जस्ताले गरेका यस्ता परोपकारी कार्य निहाल्ने र सहयोग पुर्‍याउने काम सकारले गर्नुपर्ने हो। यही भत्ताकै कुरा गरौँन कुन स्तरका ? कस्ता व्यक्तिलाई ? कसरी कति भत्ता दिने ? कुनै नियम कानुन छैन। केबल ६८ बर्ष भए पुग्यो।अस्ति बैंकमा कुबेर साहुलाई भेटेँ। त्यत्रो पसल छ, अनि महिनाको ४/५ लाख त घरबहाल उठाउछ होला। तपाईंहरु पनि भत्ता लिन आएको भन्दा बुढी चाहिँले ङिचिक्क हाँसेर – सरकारले दियो हाम्ले लियो भनिन् ।

रामबाबुले – तपाईंको भनाइ अनुसार भत्ता सहि व्यक्तिलाई उपलब्ध गराउने हो भने पालिका स्तरबाटै छनौट गरिनुपर्छ । यसो गर्दा आवश्यक पर्ने गरिब परिवारले बढी रकम पाउँथे अनि उहाँहरुको साधारण औषधिमुलो र नुनतेलको गर्जो पनि टर्थ्यो। नत्र उहि “धन देख्दा महादेवको तीन नेत्र” भनेझैं कसैले छाडदैनन् भने।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x