साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच झटाराहरू

त्यस दिनदेखि उसका शब्दहरूको संसार फेरियो । ऊ भन्न थाली, "शब्दले मलजल पाए भाषा हुर्कन्छ र फैलन्छ !"

Nepal Telecom ad

नन्दलाल आचार्य :

१. मूल्य

“शब्दले भाषालाई जीवन दिन्छ !” बुबाको यस्तो गहिरो कुरो सुनेर सृष्टि केही छिन मौन रहिन् ।

बाहिर चिसो हुस्सुले बस्ती छोप्दै थियो । उनको आँखामा पुरानो गाउँको सम्झना नाच्यो- जहाँ हजुरबाले आफ्नै भाषामा लोककथाहरू सुनाउँथे ।

“हाम्रो भाषा पुरानो भए पनि, हाम्रो अस्तित्वको पहिचान हो, हैन र बुवा ?” उनले गहिरो सास फेर्दै भनिन् ।

बुबाले भित्तामा टाँसिएको पुरानो अक्षरको पुस्तकतिर औँला तेर्स्याउँदै भने, “यी अक्षरहरू मेटिए भने हाम्रा सपना पनि मेटिन्छन् ।”

सृष्टिले कम्प्युटर खोलेर आफ्नै मातृभाषामा पहिलो कथा टाइप गरिन् । बाहिर सूर्यको पहिलो किरण सिमसिम पानी परिरहेको बोटबिरुवामा परेझैँ मधुर मुस्कान छर्दै थियो ।

बुबाले भने, “शब्द मरे भने भाषा टुहुरो हुन्छ भन्ने तिमीले अनुभूत गरिछ्यौ ?”
०००

२. माटोको स्वर

“नबोले पनि मेरो स्वर सुन्न सक्छौ ?” माटोको स्वर सुनेर सिन्धुका आँखा रसाए ।

ढुंगाका टाकुराहरू, पहाडका छायाहरू, रुखका पातहरू हल्लिए । हावाले माटोलाई समातेझैँ गर्‍यो ।

“तिमी मेरो आत्मा हौ, मेरो भाषा हौ । जबजब तिमी बोल्छौ, म बाँच्न थाल्छु ।” माटो फुसफुसायो ।

सिन्धुले विद्यालयको ढोकातिर हेरी । उता, पञ्चायती हुकुमले उनको मातृभाषामा पढाइ बन्द गरेको समाचार झुन्डिएको थियो । आँखाभरि आँसु पारेर उनले चिट्ठी निकालिन्, जसमा लेखिएको थियो- “हामी हाम्रा अक्षरहरू बचाउँछौँ !”

झरी परिरहेथ्यो । सडकमा पानीको छाल उर्लिंदै थियो । माटोले फेरि भन्यो- “अनुभूत गर, मेरो सुवासले मनमा बस्ने आवाज जन्माउँछ ।”
०००

३. मातृभाषा

“शब्द मर्छन् भने भाषा बाँच्दैन !” बुबाको यही स्वरले नेहाको मन हल्लायो । उसले निद्रामा गुन्गुनाइरहेको गीत बुबाले सुनेछन् । आधुनिक शैलीको, विदेशी शब्द मिसिएको गीत ।

बुबाको ओठमा तीतो मुस्कान खेल्यो, “तिमीलाई थाहा छ, तिम्रो हजुरबाले यो भाषा जोगाउन के के गरे ?”

नेहाले घरी बुबालाई, घरी झ्यालबाहिरको चन्द्रमालाई हेरिरही ।

बुबा सम्झनामा हराए, “उनीहरूसँग हतियार थिएन, शब्द थिए । गोलाबारीका आवाजभन्दा ठूल्ठूला नाराहरू थिए ।”

नेहाको मनमा प्रश्न उठ्यो- के मैले आधुनिकताको खोल ओढ्दै गर्दा आफूले आफ्नै भाषा छोड्दैछु ?

विद्यालयमा गएर उसले पहिलोपटक आफ्ना साथीहरूसँग आफ्नै मातृभाषामा कुरा गरी । साथीहरूको आँखा चम्किए । त्यस दिनदेखि उसका शब्दहरूको संसार फेरियो । ऊ भन्न थाली, “शब्दले मलजल पाए भाषा हुर्कन्छ र फैलन्छ !”
०००

४. भाषा

“तिमीले कहिल्यै ऐनामा आफ्नै अनुहार खोज्यौ ?” बाबुको गहिरो प्रश्नले छोएर सजना मौन भई ।

सहरको हावाले उनलाई आमाको पुरानो गोधुली गीत बिर्साइदिएको थियो । उनको स्वरमा अब सहरको टुङटुङे धुन मिसिन थालेको थियो ।

“भाषा केवल शब्द होइन, जरा हो ।” बाबुले फेरि भने, “जरा उखेलियो भने रुख बाँच्दैन ।”

सजना अलमलिइन् । उनका केही साथीहरू अब मातृभाषालाई पुरानो खोलाजस्तै छोड्दैथिए । विदेशी भाषाको चमकधमकमा रमाउँदै थिए ।
त्यो रात, ऐनामा हेर्दा उनलाई आफ्नै अनुहार अपरिचित लाग्यो । आमाको मिठो लय, बाबुको सिकाइ, गाउँको बिस्कुन गन्हाउने बारी… सबै बिर्सिंदै गएको महसुस गरिन् ।

भोलिपल्ट, कक्षाकोठामा उनी नेपालीमै बोलिन् । साथीहरू छक्क परे । उनले आत्मविश्वासपूर्वक भनिन्, “ऐना हेर्ने गरे मात्रै आफ्नो अनुहारसँग परिचित हुन सकिँदो रहेछ ।”
०००

५. माटोको भाषा

“तिमीले बिर्संदै छौ, हैन ?”
बुवाको गम्भीर स्वर सुनेर रमेश अलमल्ल पर्‍यो।
“के कुरा, बुवा?”
“तिमी बोल्ने शब्दहरू बदल्दैछौ । हाम्रो माटोको भाषा छाड्दैछौ ।”
रमेश हल्का हाँस्यो, “बुबा, यो ग्लोबल युग हो, नयाँ भाषा नबुझ्नेले अवसर गुमाउँछ ।”
बुबाले आँखाभरि चोट बोकेर हेरे, “भाषा भनेको जरा हो, बेटा ! जरा काटियो भने रुख बाँच्ला ?”

रमेश केही बोल्न सकेन ।

त्यस रात, सानो छँदा आमाले सुनाएको लोरी झल्झली सम्झियो । पुरानो डायरी पल्टायो, बाल्यकालका कविताहरू पढ्यो । माटोको बास्ना मनभरि बिसाउँदै, ऊ आफूलाई भुल्दै गएको महसुस गर्न थाल्यो ।
भोलिपल्ट विद्यालयमा ऊ आफ्नो भाषा पढाइरहेको थियो । विद्यार्थीहरू उत्साहले उसलाई सुनिरहेका थिए ।

बुबाले ढोका बाहिरबाट सुने । आँखा टिलपिल टिलपिल भए ।

रमेशले मुस्कुराउँदै भने, “हाम्रो भाषा हामी आफैंले जोगाउनुपर्छ, हैन र ?”

०००
२०८१ फाल्गुन ९ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x