साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोह

आमाले खिन्न मन पारेर- म पैसठ्ठी कटेकी बुढीको चन्दन घोट्ने कुरा गर्छौ । मेरोभन्दा तिमीहरुलाई पैसाको मोह रहेछ। त्यस्ता स्वार्थीसँग म रहन सक्तिनँ भनिन् ।

Nepal Telecom ad

आर.सी. रिजाल :

वडाध्यक्षले – लु दुईभाइको चित्तबुझ्दो गरि भागवण्डा गरियो। अब आमा पालैपालो दुबै छोराकोमा बस्ने त होला भने।

हत्तपत्त जेठी बुहारीले- आमाबाबु हामीले शिर टेकाउने देवताझैँ हुन्, भाग लगाउने बस्तु होइनन् । फेरि आमा नातिनातिनासँग रत्तिनु भएको छ। कान्छीका जाँदा एक्लिएर डिप्रेसन हुन बेरछैन। त्यसैले पहिला केहि वर्ष हामीसँग बस्नुहुन्छ भनिन्।

कान्छीलाई बुढी सासू लैजाने जाँगर थिएन। मनमनै खुसी भएर- आमालाई हामी जबर्जस्ती गर्दैनौं । उहाँको इच्छा अनुसार हुनेछ भनिन्।

छुट्टिएको अढाई बर्षपछि कान्छीको पहिलो बच्चा जन्म्यो। माइतीले तिन महिना सुत्केरी स्याहारी घर फर्काइदिए। कान्छी उबेला सासूलाई आफूसँग नराखेकोमा थकथक मानिरहेकी छिन् । यता जेठीले उनीहरु आमालाई भेट्न आउने संकेत पाइसकेकी हुन्छिन् ।

कान्छाकान्छी सनिवार पारेर आमालाई अनुरोध गर्नपुगे। आमाले- मलाई यतै ठिक छ भन्नुभयो। कान्छीले- आमा तपाईंको सेवा गरेर पुण्य कमाउने कार्यबाट हामीलाई बन्चित नगर्नुस् भनिन्। आमाले झर्केर- तिनबर्षसम्म पुण्य कता हराएको थियो भनिन् ।

कान्छोले- म प्रष्ट कुरा राख्छु आमा। तपाईं यता बस्दा हाम्ले धरालीलाई मासिक रु २००००/- दिनुपर्छ, कान्छीले रु ३५०००/- को जागिर छोड्न पर्ने भो। अरु मसिना खर्च ५०००/- गर्दा मासिक साठी हजार फजुलखर्च हुन्छ। मेरो तलबले घरखर्च धान्दैन । दाजुकोमा तिनबर्ष बस्दा लाखौँ रकम जोगाइदिनुभो।आमाको लागि दुबैछोरा बराबर हुन्। अब हाम्रो पनि जोगाइदिनुस् भने ।

आमाले खिन्न मन पारेर- म पैसठ्ठी कटेकी बुढीको चन्दन घोट्ने कुरा गर्छौ । मेरोभन्दा तिमीहरुलाई पैसाको मोह रहेछ। त्यस्ता स्वार्थीसँग म रहन सक्तिनँ भनिन् ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x