बिनुबाबा घिमिरेमुख नदेखाउने आमाहरू
अनि पत्रकार बाबुले आमा समुहको प्रमुख आमालाइ सोध्नुभयो, पत्रकार- किन आमा तपाइहरूले यसपाली कसैलाइ मुखै नदेखाउने भन्नुभएको ?

बिनुबाबा घिमिरे :
यसपाली आमा समुहको बैठक बस्यो, अनि सो बैठकमा निकै छलफलका साथ दृढतापूर्वक आमाहरूले गौरवका साथ निर्णय गरे, -यसपालि हामी आमा समुहले माता तिर्थे औँशीमा छोरा छोरीहरूलाइ मुख देखाउँदैनौ।
प्रस्ताव र यो निर्णय निकै चर्चित भयो, नौला कुरा सुनेर आमा समुहलाइ भेटन, पत्रकारहरू आए,युटुवरहरू आए, पत्र पत्रिकामा आमा समुहले यसपाली मुखै नदेखाउने कुरा व्यापक प्रचार प्रसार भयो, मिडियाहरू आए, एक कान दुई कान हुँदै संसार फैलियो सो कुरा ।
अनि पत्रकार बाबुले आमा समुहको प्रमुख आमालाइ सोध्नुभयो,
पत्रकार- किन आमा तपाइहरूले यसपाली कसैलाइ मुखै नदेखाउने भन्नुभएको ?
आमा प्रमुख- हाम्रो मुख हेर्न त पैसा लाग्छ नि ।
उत्तर सुनेर पत्रकार जिल खाए ।
०००
कलङ्की, काठमाडाै
Subscribe
Login
0 Comments
Oldest






































