साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोबर गणेश

फेरि उपचार खर्चभन्दा बढी रकम उनीहरुले पठाएका थिए । कान्छो देवरले क्रिया खर्च जोगाउन खोज्या जस्तो छ। हजुरको खोपडीमा त गिदीभन्दा बढी लिदी थोपरिस्या जस्तो लाग्छ ।

Nepal Telecom ad

आर.सी. रिजाल :

अफिसबाट श्रीमान आउनासाथ रिताले– ” कान्छो देवरले बिमारी बाउलाई उपचार गराउन काठमाडौं ल्याउँदै छ्न् रे ! जान्ने भएर हजुरको ज्याद्रो घिट्घिटे बाउलाई हाम्रोमा राख्न नबोलाइस्योस्। बाउलाई सिधै अस्पतालमा भर्ना गर्न भनिस्योस्। बुवाको शेषपछि जिउनी हसुर्ने कान्छाकान्छी? खाँचो लागिराछ खर्च ब्यहोर्न र स्याहार्न, म त सक्तिनँ भनिन् ।

श्रीमानले — समस्यापर्दा आफन्तकाँ नआएर कहाँ जाउन त ? पोहोर तिम्रो आमालाई हामीकैं राखेर उपचार गराएको बिर्सियौ भने।

रिताले — मेरो आमासँग हजुरको बाउको तुलना गर्न मिल्दैन । हजुरका जेठान, सालो बिदेसमा भएकाले आमा स्याहार्नु मेरो बाध्यता थियो। फेरि उपचार खर्चभन्दा बढी रकम उनीहरुले पठाएका थिए । कान्छो देवरले क्रिया खर्च जोगाउन खोज्या जस्तो छ। हजुरको खोपडीमा त गिदीभन्दा बढी लिदी थोपरिस्या जस्तो लाग्छ भनिन् ।

श्रीमानले — साह्रै छुच्चो त हुनुभएन भने।
रिताले — हजुर त खाँटी गोबरगणेश होइसिन्छ।हामी छुच्चो हुनै पर्दैन। ऎलेको घरबेटीले हामी बाहेक आफन्तलाई समेत कोठामा नराख्ने सर्तमा बहाल दिएको हुन् भन्दिस्योस् । समयमा विवेक पुर्‍याउन नसके आफैंले दुख बेसाउनु पर्छ। कस्तो लाग्यो मेरो बिचार ? भनिन्।

श्रीमानले — जे सुकै भन। भोलि सामाजिक लाजगाल तिमिले पनि सहनु पर्ने हुन्छ भन्दै कोठाभित्र छिरे।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
दुर्व्यसनी

दुर्व्यसनी

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x