साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैंसठ्ठी वर्ष लागेँ

टप्पै उत्साह टिप्दा लय रसिक खुली जिन्दगी लाख बत्ती बल्दा झैं बल्न थालोस् झलमल सुषमा, छैन हैरान कत्ति आएकी प्रेमिका छन् अतुल सुख दिने फूल बास्ना छ छर्दै बन्ने हो कीर्तिमानी चुलबुल कविता भावना भव्य भर्दै ।

Nepal Telecom ad

१.
पैंसठ्ठी वर्ष लागेँ शुभ दिन कसरी बित्दछन् सुस्त सुस्तै
आकांक्षा पूणर् हुन्छन् सहजसित सबै चेतनामा दुरुस्तै
लेख्ने हो काम मेरो अलिकति मनमा भावनाका सुसेली
चल्दैछन् शुभ्र ताना अविचलित बनी चन्द्रमामा जुनेली ।

२.
आनन्दी सिर्जनाका नव रस मिसिए सम्झी आमा र बाबा
तान्दैछन् ध्यान चोखो हरित वन भरी सन्सनाएर हावा
बज्छन् बाजा रमाई हरपल कविको वान्छना बन्छ अग्लो
सेवामा जिन्दगानी झलल झल बनोस् सौम्य उद्गार सङ्लो ।

३.
इच्छामा कल्पिए झैं सुखसयल भरी जिन्दगी दीप बल्दा
बाँड्ने नैवेद्य इच्छा सफलित छ हुने कल्प यी वृक्ष फल्दा
ल्याई आरोग्य बाँड्ने मनसुब दरियो मृतसञ्जीवनीका
होस् यो सौभाग्य सादा अजर अमरता स्वादिलो प्रेम ढिक्का ।

४.
आकांक्षा जुर्मुराए अभिनव गरिमा वेदका व्यास जस्तै
जन्मेको चन्द्र हो यो सुखद दिन सफा धर्मको न्यास उस्तै
सेवा सत्कार गर्ने विषय विविधता प्राप्त सौन्दर्य भारी
जानेको जीवनी होस् सरल मधुर झन् गर्न यात्रा सवारी ।

५.
टप्पै उत्साह टिप्दा लय रसिक खुली जिन्दगी लाख बत्ती
बल्दा झैं बल्न थालोस् झलमल सुषमा, छैन हैरान कत्ति
आएकी प्रेमिका छन् अतुल सुख दिने फूल बास्ना छ छर्दै
बन्ने हो कीर्तिमानी चुलबुल कविता भावना भव्य भर्दै ।

०००
२०७९/११/०१, बिहान
अविचल आस्था मणि तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
0
Would love your thoughts, please comment.x
()
x