साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्छन् सबै बाहिर (३)

भन्छन् मातृ पिता यहाँ जननका, मिल्लान् कि केही भर। हालैका दिनमा अहो ! दिनदिनै, जान्छन् सबै बाहिर ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

आमा बाबु बुढेसकालपनले, गल्दै गए आखिर।
बस्छन् पुत्र वधू विदेशतिरमा, रुङ्दै छुसी जागिर।।
पाखा खेत कुना कुँडार छहरा, बन्दै गए जर्जर।
कस्तो नाजुक तालको थिति बस्यो,जान्छन् सबै बाहिर।।-१

नातेदार कुटुम्ब इष्टजनले, सोध्छन् खुबै चाखले।
भन्छन् सन्ततिका कमाइ धनले, रम्छौ सयौँ लाखले।।
यस्ता ती गुणगान बात रसले, साँच्चै खुसी मिल्छ र?।
पुत्री पुत्र वधू बुनेर सपना, जान्छन् सबै बाहिर ।।-२

आफ्ना सन्तति छन् विदेशतिरमा, भन्छन् पिता मातृ ती।
पार्छन् नाक बडा रमेर बहुतै, गर्छन् भलो आरती ।।
पीडा चोट लुकाउँदै लहडले, झिक्छन् कथा सुन्दर ।
कस्तो नक्कल रीति चल्छ सहजै, जान्छन् सबै बाहिर ।।-३

राम्रो मेलमिलापको छवि थियो, पूर्वीय संस्कारमा।
बा आमा सुत दाजु भाइ र वधू, बस्थे सबै साथमा ।।
पाका प्रौढ युवा र बालजनमा, माया थियो सुन्दर ।
ज्यादै कन्नम खालको विधि बन्यो, जान्छन् सबै बाहिर ।।-४

माथिल्ला घरका ठुले शिव गए, रामे र श्यामे गए।
पल्ला ग्राम र टोलका युवक ती, सारा उतै होमिए।
भन्छन् मातृ पिता यहाँ जननका, मिल्लान् कि केही भर।
हालैका दिनमा अहो ! दिनदिनै, जान्छन् सबै बाहिर ।।-५

पाका बालक बालिका र अबला, मात्रै बसी देशमा।
हुन्नन् उच्च विकास कर्म कहिल्यै, भन्ने बुझौँ खासमा ।।
यस्तो तथ्य र सत्य बुझ्छ कसले, चासो छ अन्तैतिर।
नेपालीजन भड्किए अब खुबै, जान्छन् सबै बाहिर ।।-६

०००
बट्टार, नुवाकोट, हाल: बालाजु,काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x