साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुरुपवाला

उस्को बोलीमा पनि, थियो तौल उडेरै सकियो, रैछ बोली कपुरवाला ।

Nepal Telecom ad

एम्. पी. कियरलेस :

साँचो पनि बोल्दो रैछ, झुटवाला
ऊ मान्छेनै हो, दुई मुखवाला ।

तिम्रो त्यही मुद्रा, मन पर्छ मलाई
अनुहार गम्भीर, मुख चुपवाला ।

धेरै पिछ आयौं, आँखा अगाडि
के दुख्थ्यो र घाउ नुनचुकवाला ?

उस्ले बुझेको, बुझ्नुनै छैन मलाई
बरु केही दिन अरु रहन्छु अबुझवाला ।

पुग्यो हैन ? तलाई पनि आज
त्यो पनि रैछ, तेरै मुखवाला ।

उस्को बोलीमा पनि, थियो तौल
उडेरै सकियो, रैछ बोली कपुरवाला ।

कालो चिया खायो, बजार हिँड्याे
दुध त सहर खान्छ है, दुधवाला ?

विश्वास दिलायौ तिमीले फेरि
भयो एकछिन तातो, मुतवाला ।

आज उनी पटखा देखिएकी थिइन्
सुगन्ध पनि चलेको थियो बारुदवाला ।

दुनियाँ त ल्यायौ, मेरो पोल्टाेमा
तर छैन नि चिज, मूलभूतवाला ।

माग होस् मेरो, अनि मात्रै म आउँ ।
म हुँ पत्ती खालको, तुरुपवाला ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x