तुरुपवाला
उस्को बोलीमा पनि, थियो तौल उडेरै सकियो, रैछ बोली कपुरवाला ।
एम्. पी. कियरलेस :
साँचो पनि बोल्दो रैछ, झुटवाला
ऊ मान्छेनै हो, दुई मुखवाला ।
तिम्रो त्यही मुद्रा, मन पर्छ मलाई
अनुहार गम्भीर, मुख चुपवाला ।
धेरै पिछ आयौं, आँखा अगाडि
के दुख्थ्यो र घाउ नुनचुकवाला ?
उस्ले बुझेको, बुझ्नुनै छैन मलाई
बरु केही दिन अरु रहन्छु अबुझवाला ।
पुग्यो हैन ? तलाई पनि आज
त्यो पनि रैछ, तेरै मुखवाला ।
उस्को बोलीमा पनि, थियो तौल
उडेरै सकियो, रैछ बोली कपुरवाला ।
कालो चिया खायो, बजार हिँड्याे
दुध त सहर खान्छ है, दुधवाला ?
विश्वास दिलायौ तिमीले फेरि
भयो एकछिन तातो, मुतवाला ।
आज उनी पटखा देखिएकी थिइन्
सुगन्ध पनि चलेको थियो बारुदवाला ।
दुनियाँ त ल्यायौ, मेरो पोल्टाेमा
तर छैन नि चिज, मूलभूतवाला ।
माग होस् मेरो, अनि मात्रै म आउँ ।
म हुँ पत्ती खालको, तुरुपवाला ।
०००
लम्कीचुहा, कैलाली