सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि ‘हसिना’को ‘पहिरोभित्रको घाम’ सार्वजनिक

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिना तथा अन्य अतिथिहरूले उक्त कृतिलाई सार्वजनिक गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौँ, २०८० फागुन १८ । कवि सुशीला खड्का ‘हसिना’को कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ सार्वजनिक भएको छ ।

पाठशाला नेपाल फाउन्डेसनको सभाकक्ष, नयाँ बानेश्वरमा शुक्रबार आयोजित एक सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिना तथा अन्य अतिथिहरूले उक्त कृतिलाई सार्वजनिक गरेका हुन् ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले सुशीलाका कवितामा समाजिक-राजनीतिक विसङ्गतिका विरुद्धको विद्रोह भएको बताइन् । उनले भनिन्, सुशीलाका कवितामा हरेक वर्गका पात्रको चित्रण छ । अर्का समीक्षक महेश पौड्यालले हसिनाका कविता जस्तै अन्धकारमा पनि आशाको सन्चार गर्न सफल भएको बताए ।

कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवाली, गीतकार तथा आख्यानकार राजेन्द्र थापा तथा राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धक राजेश थापाले शुभकामना व्यक्त गरे ।

सभाध्यक्ष सिग्देलले सुशीलाका कवितामा वर्तमान समयको आवाज भएको बताए । कवि सुशीलाले आफ्नो पुस्तक आफूले देखेको समयको रेखाचित्र भएको बताइन् । उनले भनिन्, ‘मैले बीस वर्षअगाडि छोराको रूपमा भौतिक सन्तान जन्माएकी थिएँ । आज कृतिको रूपमा साहित्यिक सन्तानलाई जन्म दिएकी छु ।’

कविहरू विधान आचार्य, गीता कार्की तथा कमला रिसालले सङ्ग्रहभित्रका एक एक कविता वाचन गरे । कार्यक्रमको सञ्चालन कवि मञ्जिला अनीलले गरेकी थिइन् ।

पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । यो कवि सुशीलाको पहिलो कविता-सङ्ग्रह हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x