फित्काैली डटकमपाथीभरामा ‘मूर्च्छना’ गीतसङ्ग्रहको ऐतिहासिक लोकार्पण
प्रमुख अतिथि टंक भट्टराई र कार्यक्रमका विशेष अतिथि प्राज्ञ मुनाराज शेेर्माले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए । कार्यक्रममा मूर्च्छना कृतिको समीक्षा गजलकार तथा गीतकार दिलिप घिमिरेले गरेका थिए ।

ताप्लेजुङ, २०८० फागुन १७ । गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति `मूर्च्छना´ गीत सङग्रहको लोकार्पण गरिएको छ।
कनकाई नगरपालिका वार्ड नं ३, सुरुङ्गा निवासी नेपालको उक्त कृति ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमाा लोकार्पण गरिएको हो। कार्यक्रम नारायण गोपाल स्मृति प्रतिष्ठान विर्तामोडको आयोजना रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी साहित्यकार टंक भट्टराईले ताप्लेजुङको यो पवित्र धार्मिकस्थल पाथीभरा माताको मन्दिर परिसरमा यस अघि कुनै सष्टाको कृति यसरी लोकार्पण गरिएको थिएन। टीका भट्टराई नेपालको यो कृतिको लोकार्पण ऐतिहासिक बनेको बताए।
प्रमुख अतिथि भट्टराई र कार्यक्रमका विशेष अतिथि प्राज्ञ मुनाराज शेेर्माले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रममा मूर्च्छना कृतिको समीक्षा गजलकार तथा गीतकार दिलिप घिमिरेले गरेका थिए । मूर्च्छना गीत संग्रहमा १ सय २० वटा गीतहरू सङग्रहित छन् । सङ्ग्रहित गीतहरुमा देशभक्ति गीत, युगल गीत, लोक गीत र आधुनिक विधाका गीतहरू समेटिएको छ। सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम, माटोको सुगन्ध, नेपाली संस्कृतिप्रतिको मोह, परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता, जीवनयापनका यावत आरोह अवरोध, माया प्रेम, पीडा आदि विषयमा गीतहरू सृजना गरिएका छन्। 
कार्यक्रममा रश्मी असफल, गीता सुवेदी नेपाल र प्रतिभा पौडेलले विमोचित कृतिबाट गीत प्रस्तुत गरेका थिए ।
नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव रुद्रप्रसाद सिटौलाले गरेका थिए ।
कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गवाङ्ग, कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका कमल भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्रष्टाको परिचय खगिन्द्रा खुसीले गराएकी थिइन् भने स्वागत मन्तव्य लोक गायक देवी गौतमले गरेका थिए ।
गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो । उनले पहिलो कृति ‘आमा’ शोककाव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् । त्यसपछिका तीनवटा कृतिहरु प्रितीपुष्प, मनका रङ्गहरु, अनुभूतिका स्वरहरु सबै गीत सङ्ग्रहहरु छन् ।
टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी, शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई र झलक सङ्ग्रौलाले स्वर दिइसकेका छन् । उनका करिव ३० वटा गीतहरू सङ्गीत भइ बजारमा आइसकेका छन् ।
०००
– दिलिप घिमिरे /देवीचरण भण्डारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































