साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २६)

बाँड्छन् संज्ञा सङ्ला खुरुखुरु म टिपूँ चेत आँखा उघारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेख्रेल :

दुर्छे मैला र सङ्ला हितअहितसँगै चेतमै बास गर्छन् ।
छान्दै पोखूँ म सङ्ला हरदिन घरमा सौख्यका हार झर्छन्।।
टोक्ने सन्ताप फ्याँकूँ भयरहित बनूँ रम्छु आशा उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२६।।

जाँतो घुम्दै छ हेरी तर त्यसमुनिको पङ्खा पानी नहेरे ।
के बस्थ्यो योग्य मेरो हृदयतलविषे ज्ञान बेला नफेरे ।।
पुर्खाका त्याग त्यागी जति समुचित छन् मर्न सक्छन् बिचारी ।।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२७।।

कोरी हेरोस् हियाले विगत अवनिका कष्टका भावचित्र ।
देखिन्छन् दर्द लाखौँ सकस सडकमा बार लाग्छन् विचित्र ।।
सिङ्गो संसार हाँसोस् असल कृत भनी बन्न थालोस् पुजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२८।।

ऊर्जाका स्रोत मानी खुद म अगि बढेँ बिर्सनू भूल मेरो ।
गर्दा सम्मान जानी असल पथ हिँडेँ सौख्यले मार्छ फेरो।।
बोकूँ सद्भाव सङ्लो सुमधुर मनको दिव्य आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२९।।

जस्तो भो बार बेला सब गुण नचिने सौख्यका स्रोत सुक्छन् ।
चिन्दै लम्के क्रियामा मृदु फल बटुली कष्टका स्रोत लुक्छन्।।
बाँड्छन् संज्ञा सङ्ला खुरुखुरु म टिपूँ चेत आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x