साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् वृद्ध श्रेष्ठ हाम्रा

अन्याय न्याय हेर्ने, चाैडा बनाई छाती। ठान्छन् समाज घाती, जाे हुन्छ पक्षपाती ।। सम्मान गर्न जानाैँ कर्तव्यमा नहारी। हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सङ्कल्प सत्य जप्तै, सन्तानका निमित्त ।
सम्भाव्य खाेज गर्छन्, लाएर दत्तचित्त ।।
जीवन्त साधनामा, बन्छन् पराेपकारी।
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।१।।

बन्दै दलान आफैँ, थाम्दै अमाल सारा ।
चम्काउँदै, उज्याला, सत्कर्मका सितारा।।
गाेडेर राख्न सक्ने, उद्यान फूलबारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ।। २ ।।

कर्तव्यबाेध गर्दै बाँड्छन् विचार शुद्ध।
अज्ञानता बढार्छन् छन् ज्ञानका प्रबुद्ध ।।
आलाेक सभ्यता वा, संस्कारका पुजारी ।
हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ।।३।।

छन् साेच अग्रगामी सङ्कीर्ण छैन बानी।
बर्सिन्छ प्रष्ट वाणी, दृष्टान्तमा इमानी।।
प्रत्यक्ष ईश जस्तै, आल्हाद ज्ञान धारी।
हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ।।४।।

अन्याय न्याय हेर्ने, चाैडा बनाई छाती।
ठान्छन् समाज घाती, जाे हुन्छ पक्षपाती ।।
सम्मान गर्न जानाैँ कर्तव्यमा नहारी।
हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ।।५।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x