साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

निराशाकाे भारी खास टाढा बिसाई । बुढ्याैलीकाे गाडी साथ हाँक्दै रमाई ।। पला गन्दै साँचो, साेच राखेर दामी। कला छर्दै बाँचाैँ साथमा वृद्ध हामी ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

बितायाैँ धेरै नै जिन्दगीका बहार।
न यात्रामा मान्याैँ लक्ष्यमा पुग्न हार।।
दिँदै अर्ती राम्रो साथ सन्तानलाई।
सँगै हाँस्दै बाचाैँ वृद्ध जाेडी रमाई।।१।।

सुनाैलाे धर्तीमा जन्म नै भाग्य हाम्रो ।
जमे नातागोता नित्यता लाग्छ राम्रो ।।
हुनेगर्छन् भेला आपसी बारबेला ।
भराैँ हाँस्दै खेल्दै साथमा वृद्धमेला ।।२।।

नयाँ पुस्तालाई साथका कार्यभार ।
लगाएमा जिम्मा अन्त्यमा हुन्न हार ।।
अझै राम्रो राख्दै मुक्तिकाे मार्ग गाेडी।
खुसी साट्दै,बाँचाैँ साथमा वृद्ध जाेडी।।३।।

निराशाकाे भारी खास टाढा बिसाई ।
बुढ्याैलीकाे गाडी साथ हाँक्दै रमाई ।।
पला गन्दै साँचो, साेच राखेर दामी।
कला छर्दै बाँचाैँ साथमा वृद्ध हामी ।।४।।

मिलेका साथीझैँ वृद्धवृद्धा अनन्य।
नियाली साथैमा लाेकले मान्छ धन्य।।
छ बाटेकाे राम्रो कर्मले प्रेमडाेरी ।
समाई हिँड्ने हाे साथमा वृद्ध जाेडी।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x