सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आइसियुमा मोबाइल

उसको भनाइ यो थियो कि ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नुृ ? मैले सोझै भनें - घरमा दिव्य सुन्दरी श्रीमती हुँदाहुँदै कतिपय मानिस अर्काकी श्रीमती ताक्छन् कि नाइँ ?

Nepal Telecom ad

बटमबाला मोबाइलमा खल्तीमा थियो । अक्षयकुमारको बेट बटम फिलिमभन्दा पनि मन पथ्र्यो । अझ म पनि कुनै दिन बेल बटम पाइन्ट लगाएर जब बजारमा निस्कन्थें तब पुरातात्विक महत्वको मेरो बटमबाला मोबाइलले मेरो शानमा चार चाँद लगाउँथ्यो । भुँइमा लतारिने किसिमको मेरो बेल बटम पाइन्ट पुरानो जमानाको अमिताभ बच्चनको त्यो सुपर हिट पाइन्ट जस्तो थियो जुन भुइँतिर कम्तीमा एक हात चौडा हुन्थ्यो । तल फुकेको र माथि फुकेको पाइन्टको खल्तीमा बटमबाला मोबाइलको शान नै बेग्लै ।

कुन्नि के दशा लागेर परदेशी छोरोले बलजफ्ती स्क्रीन टच मोबाइल किन्न लगायो । कुनै जरुरी छ र सबैलाई स्क्रीन टच भएपछि मलाई पनि त्यही मन पर्छ भनेर । छोराछोरीले मेरो लागि होइन, आफ्नो इज्जताको लागि नयाँ मोबाइल किन्न लगाएका हुन् । ठिकै छ, मेरो कारणले अर्काको इज्जत बढ्न पुग्छ भने मेरो यसका पैसाबाहेक केही जाँदैन । अझ बरु छिमेकीको पनि इज्जत बढोस् । तर मलाई त कुन कुरामा विश्वास लाग्छ भने जब म ऐतिहासिक तथा पुरातात्विक महत्वको गौरवशाली बेल बटम पाइन्ट र बटमबाला मोबाइल बोक्दछु तब मलाई लाग्दछ कि म आफैँमा ऐतिहासिक र गौरवाशाली पुरातात्विक महत्वको मनुवा हुँ ।

यसै विषयमा एक दिन बुद्ध चोकमा मसित एकजनाको लफडा भएको थियो । बुद्धचोकमा हामीले एक अर्काको टाउको नै फुटाउने काम गरे पनि दिमागमा शान्ति भरिदिने कोही थिएन । दिउँसो पो भीड हुन्छ त । कोरोनाको संकटकालमा राति बुद्ध चोकमा पहिले त भगवान बुद्धिसितै झगडा गरिरहेको थिएँ । मैले झगडा गरेको एकजना भलादमीलाई चित्त बुझेनछ । उसको भनाइ यो थियो कि ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नुृ ? मैले सोझै भनें – घरमा दिव्य सुन्दरी श्रीमती हुँदाहुँदै कतिपय मानिस अर्काकी श्रीमती ताक्छन् कि नाइँ ?
उसले सोझै भन्यो ः तेरी श्रीमती नराम्री छ भन्दैमा तैँले मेरै श्रीमती ताक्ने ?
म – मैले तपाईँलाई चिनेकै छैन ?
ऊ – मेरी श्रीमतीलाई चिने भइहाल्यो नि, मलाई किन चिन्थिस् ?

अलिकति पिएको थिएँ, उसको बोलीले पूरा होसमा ल्याइदियो । मैले भने ः धरोधर्म, मैले सपना पनि आफ्नीबाहेक अरुतिर हेर्दिन । एक रात सपनामा यस्तै बर्बराएको थिएँ, टाँगाको घोडाले लात्ती हानेझैँ पत्नीजीले दिएको लात्तीले मेरो सपना त बेपत्ता भएको छ । त्यसपछि अहिलेसम्म कुनै सपना आउँदैन मेरो ओछ्यानमा ।
ऊ ः तेरी श्रीमतीजस्ती आइमाइसित त हामी बस्नै सक्दैनौँ । श्रीमती त मेरीजस्तो हुनुपर्छ । आहा, उसलाई देख्यो कि सपना देख्नै नपर्ने ।

अब उसलाई जिस्क्याउने मौका मिल्यो । मैले भने ः उसो भए यार, एक दिनको लागि भए पनि मेरो सपना सापटी नै सही तिम्री श्रीमतीलाई पठाइदेऊ न । त्यो मेरो परम सौभाग्य हुनेछ ।
मेरो कुरो फुत्किन नपाउँदै बुद्धकै अगाडि उसले दिएको लात्तीले म रन्थनिएँ । बुद्धकै मूर्तिमा चोट लाग्यो र मैले पनि एक लात्ती दिएर कुलेलम ठोकें । रुँदै कराउँदै भाग्दै गर्दा पो निद्रा खुल्यो त ।

बटमबाला मोबाइलको नाम राजा राखेको थिएँ । जब त्यसको रिङटोन बज्दथ्यो तब घरका सबैले भन्ने गर्दथे ः राजाबाट बोलाबट आएको छ । राजा बोलाइराखिस्यो । एक दिन मेरी पत्नीले यसो भनेकी थिइन् ः राजाजी बोलाइराखिस्या छ ।

यो राजाजी मलाई भनेकी हुन् कि मोबाइललाई वा अरु कसैलाई, मैले अहिलेसम्म बुझ्न सकेको छुइनँ ।
जे होस्, साह्रै मनपर्ने बटमबाला मोबाइल हुँदाहुँदै रहरले होइन करले नै भए पनि कसैले दुईओटा बिहे गरेर घरमा भित्र्याउनु परेझैँ मैले पनि स्क्रीन टचलाई भित्र्याएँ । नयाँ मोबाइल त नयाँ दुलहीजस्तै हुने रहेछ । जतिखेर पनि हेरिरहूँ र जतिखेर पनि चलाइरहूँजस्तो । तर मलाई भने खासै रुचि लागेन । म बटमबाला मोबाइलमा नै सर्पले खाने र सर्प बढ्दै जाने तथा अन्तमा आफ्नै पुच्छर छल्न पनि मुस्किल हुने गेम खेल्न मन पराउँथे ।

कतै जाँदा कहिलकाहीँ एउटै खल्तीमा दुवै मोबाइल बोक्थें । यो बाहेक दुई मोबाइलको चिनापर्ची हुन दिएको थिइनँ । मलाइ डर थियो कि कथंकदाचित दुवै मोबाइल मिलेर कुनै दिन हडताल गरिदियो भने म कसरी कोसित कुराकानी गर्ने ? दुवै मोबाइल मिलेर कुनै समस्या सिर्जना गरिदियो भने अर्को अप्ठ्यारो । वास्तवमा मलाई स्क्रिन टच मोबाइल चलाउन आउँदैन तर यो कुरा एक्सपोज हुन दिनु छैन ।

एक दिन नयाँ मोबाइलको भुँडी ठूलो भएजस्तो लाग्यो । शंका मात्रै होला भन्ठानें । केही दिनमा त प्रष्ट भइहाल्यो । मोबाइलको भूँडी ठूलो हुँदै आयो । नयाँ स्क्रीन टच मोबाइललाई सबैले रानी भनेर बोलाउँथे । अब मलाई शंका लाग्यो । राजाले रानीलाई भूँडी बोकायो । अझ यति कम दिनमा नै मोबाइलले भूँडी बोकेपछि मलाई के कुरामा बढी शंका लाग्यो भने हो न हो यो मोबाइल मेरो घरमा भित्रिनुपूर्व माइतीदेखि नै पेट बोकेर आएकी थिई कि ?

यो लाजको कुरा कहाँ भन्नु । समय व्यवस्थापन गरेर बडो मुस्किलले मोबाइल किनेको दोकानमा पुगें । त्यहाँ पनि अरुको अगाडि के भन्नु ? ग्राहक आउने र जाने क्रम चलिरह्यो । मैले धेरै बेर कुरेपछि कोही ग्राहक नभएको मौका छोपी साहुलाई भने : तपाइँले भूँडी बोकाएर मोबाइल बिक्री गर्नुहुन्छ ? कि तपाईँको दोकानमा कुनै मोबाइलले मेरो मोबाइललाई बलात्कार गरेको हो ? मोबाइल पहिलोचोटि नै अन गर्दा यसमा एउटी हिरोइनको फोटो आएको थियो । त्यत्तिबेला मैले होसै गरिनँ ।

मेरो समस्या साहुले राम्ररी बुझे किनभने मैले मोबाइल देखाएको थिएँ । यसरी पनि थपिदिएँ ः यदि तपाईको मोबाइल दोकानको गल्ती होइन भने यही फुच्चे बेटबटमबाला हो कि बटमबाला मोबाइलको गल्ती हुनुपर्छ ।
मुस्कुराउँदै पसलसाहुको वचन फुत्क्यो ः यो तपाईँको गल्ती हो ? तपाईँले नै हो यस्तो राम्रो मोबाइललाई भूँडी बोकाएको । अब तपाइँँमाथि कारबाही हुन्छ ।
म त छाँगाबाट खसेजस्तै भएँ । मैले भने ः मैले त छोरीजस्तै बनाएर यसलाई पालेको छु । अनि कसरी ममाथि बलात्कारको आरोप लगाउनु हुन्छ ।

पसले गम्भी भएर बोल्यो ः तपाईँ एक छिन बजार घुमेर आउनुस् । हामी यसको उपचार गर्छौँ । केहीबेर लाग्छ ।
बजारमा त सबै हाँसीखुसी देखिन्थे । मेरो अनुहारमा भने बार बजिरहेको थियो । ममाथि गम्भीर आरोप लागेको म कसरी सहनु ? मलाई एक मनले लागिरहेको थियो कि पसलेमाथि मुद्दा हालिदिऊँ । अर्को मनले भनिरहेको थियो कि अन्जानमा कुनै गल्ती पो भइहाल्यो कि ? आजको युग इन्टरनेटको युग हो । कतै यस मोबाइलमै मेरो कर्तुत रेकर्ड पो छ कि ? म त केही बुझ्न नसकेर रन्थनिएको थिएँ ।

यो केही बेर भनेको कति हो ? एक जनालाई साधें । तिनले नम्र भएर बोल्यो ः महानुभाव, यो केही बेर भनेको कति बेर हो भन्ने कुरो म केहीबेर पछि मोबाइलमा हेरेर बताउँछु ।

म पनि त लालबुझक्कड छु । तिनले बताउन नचाहेको कुरा बुझिहालें । अनि पसलतिर लागें ।
केही बेर भन्नु भएको थियो, धेरै बेर पो भयो त ?
तपार्इँको मोबाइल अहिले आइसियुमा छ ।
किन के भयो ?
केही होइन, तपाईँ बढ्ता गर्नुहुन्छ । अबदेखि बढ्ता गर्नुभयो भने तपाईँलाई हेर्ने कोही हुँदैन । कुरो बुझ्नुस् ।
मै के बढता गरें ।
हन्ड्रेड पर्सेन्टभन्दा पनि बढ्ता गर्नुहुन्छ र धेरैबेरसम्म गर्नुहुन्छ ।
के हजुर ?
चार्ज ।
मतलब ?
तपाईँ यस मोबाइललाई धेरै चार्ज गर्नुहुँदो रहेछ । कुनै पनि हालतमा सय पर्सेन्ट पुगेपछि मोबाइललाई चार्जमा नछोड्नुहोला । हैनभने यही हालत हुन्छ ।
म बल्ल कुरो बुझें । अलिकति भए पनि आफ्नै मूर्खतामाथि हाँसे ।

सञ्जय साह ‘मित्र’ ‘व्यङ्ग्यम्’ कृतिबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा