सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाईजात्रा

दलका थप ताण्डव गाईजात्रा भन्दा सयौं गुणा हास्यपरक र व्यङ्ग्य परक भएकाले वास्तविक चरित्रलाई छाडेर कार्यक्रममा को किन कलाकारलाई हेर्न आउनु र ...!

Nepal Telecom ad

चूडा निर्भीक :

गाईजात्राको अवसर पारेर गाईजात्रा कार्यक्रम राख्ने निधो एक महिना अगाडि नै हास्यव्यङ्ग्य साहित्य समाजले निर्णय गरेको थियो । कार्यक्रमका लागि टिकट छापियो । विज्ञापन गरियो । विभिन्न काउन्टर राखेर टिकट बिक्री कक्ष राखियो ।

जति प्रचार प्रसार गरे पनि टिकट बिक्री भएन ।
कार्यक्रम सञ्चालन गरिने दिन हल रित्तो देखियो । कार्यक्रम प्रस्तोता समाजका पदाधिकारीहरू र केही नगन्य पाहुनाका साथ कार्यक्रम समापन गरियो ।

कार्यक्रमका दौरानमा कुनै दर्शक दीर्घाका मानिसहरू हाँसेनन् । ताली ठोकेनन् र रमाएनन् ।
कार्यक्रम समापन पश्चात मूल्याङ्कन कार्यक्रम राखियो । कार्यक्रमका विषयवस्तु र प्रस्तुति गत सालका भन्दा उत्कृष्ट र हास्यव्यङ्ग्यपरक भएको ठहर गरियो । साथै एउटा भिन्न तर सबैले महसुस गरिएको रहस्यको पनि रहस्योद्घाटन गरियो ।

सत्ता पक्ष र प्रतिपक्षको जुहारी, विभिन्न समयका फाईल खोल्ने र कारवाही गर्ने सिलसिलामा काम लाए, अह्राएकालाई फसाएर दलका नेता आभा नै रहेका समाचार, संसद गतिविधि र दलका थप ताण्डव गाईजात्रा भन्दा सयौं गुणा हास्यपरक र व्यङ्ग्य परक भएकाले वास्तविक चरित्रलाई छाडेर कार्यक्रममा को किन कलाकारलाई हेर्न आउनु र …!

०००

चन्द्रागिरी, काठमाडौं ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल