साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजाले हिँड (२)

प्यारा नायक छोप्न छाड अब ती कुपात्रका कर्तुत माटो मूल्य बुझी स्वयम् र जनको भै राष्ट्रमा अर्पित । भ्रष्टाचार समूल नाश गर यो फालेर लोभी भिड राखी इज्जत लोकतन्त्र घरको हास्दै मजाले हिँड ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

सीमा दक्षिण बाँध बन्छ गतिलो डुब्दो छ बस्ती जति
हाहाकार हुँदा दुखेन मन वा जिम्लेर बस्छौ कति ?
जङ्गे पिल्लर सर्छ उत्तर सधैँ हिँड्छौ नजाने सरी
सेना खेल्छ परेड पारितिरको फर्काउँछौ के गरी ? ७

यस्तो उर्वर मृत्तिका छ रसिलो बाँझो रहेको किन ?
पुस्ता जाँगरिलो छ, दाससरि भै पर्ने सधैँ बेचिन ।
बिक्दैनन् दुध काउली कृषकका के यो बिकामे छ र ?
आएनन् पर दालचामल भने चल्दैन हाम्रो घर । ८

यात्री वाहन बस्न मुस्किल भयो मुस्ताङ भाग्यो कता ?
उद्योगी गतिलो अटेन किन हो छाड्यो बिलायो कता ?
अर्काको गतिलो भनेर सटही तिर्छाैँ र राख्छौँ घर
हाम्रा नोटहरू त पत्कर सरी चल्दैन सीमा पर । ९

हेटौँडे कपडा टिकेन परदेशका यहाँ भित्रिए ?
वेत्ता ज्ञानविज्ञानका पनि हिँडे छैनन् सबै निख्रिए ।
यस्तो हालत भैगयो मुलुकको केले बिगार्‍यो कुरा ?
केके कारणले निराश जनता रुन्छन् बुझे यो कुरा । १०

सोचेनौ गतिलो; छ जाँगर सधैँ सत्ता र नाफातिर
भ्रष्टाचार बढी भँडार भरिलो रित्तो भयो आखिर ।
औँलामा गनिनेहरू अमिर छन् बाँकी अभागी सबै
प्यारो देश रुँदैछ भाग्य लुटिँदा भोका र नाङ्गासँगै । ११

प्यारा नायक छोप्न छाड अब ती कुपात्रका कर्तुत
माटो मूल्य बुझी स्वयम् र जनको भै राष्ट्रमा अर्पित ।
भ्रष्टाचार समूल नाश गर यो फालेर लोभी भिड
राखी इज्जत लोकतन्त्र घरको हास्दै मजाले हिँड । १२

गिर्दो हाल सुधार्नु पर्छ सबले सम्झी ठुलो गौरव
माटो हास्न सक्योभने मुलुकको त्यै हो महावैभव ।
पाउन् रम्न यहीँ झिकेर पसिना हाँसुन् युवा आखिर
बन्ला यै अलका सुरम्य अनि पो हाँस्दै मजाले हिँड । १३

क्रमशः

०००

इटहरी, सुनसरी ।
२०८१/०१/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x