सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आशक्ति

“सुत्ने बेलामा पनि मोबाइल अँठ्याएर सुत्नु पर्ने कस्तो कुलत बसेको, स्वास्थ्यको ख्याल गर्नु पर्दैन !” बुढीले फतफताउँदै मेरो हातबाट मोबाइल तान्दै रहिछन् ।

Nepal Telecom ad

किशन पौडेल :

“भन ! मनुवा तिम्रो अन्तिम इच्छा के छ ?
म तिमिलाई लिन यमलोकबाट आएको हुँ !”

– “हे ! यम, महाराज, मेरो यो मोबाइल पनि साथमा नै लिएर जान पाऊँ ।”
– “मोबाइल साथमा लिएर के गर्छौ र ? माथि वाई फाई छैन !”
– “म डाटा प्याकेज लिन्छु नि प्रभु !”
– “यमलोकमा दूरसञ्चारको टावरले काम गर्दैन मनुवा ।”

– “मोबाइल र वाई फाई बिना त यो आत्माले पनि शान्ति पाउँदैन प्रभु ! जिन्दगीभर टाँसिएर एक पल पनि साथ छोडेन, म एक्लै त कसरी बस्न सक्छु होला र धर्मराज !”

– “हे ! मूर्ख आसक्ति मान्छे, यो क्षणभङ्गुर जिन्दगीलाई तिमिले कहिल्यै बुझ्न सकेन छौँ । तिमीभित्र अज्ञानताको ठूलो खाडल रहेछ । हिँड म सँग, तिम्रो माथि जाने बेला भैसकेको छ । छोड् अब मोह ।”

“म कतै जान्न यम! मलाई यही मर्त्यलोक नै प्रिय छ छोड् मेरो हात !”
ऐया….!!
“सुत्ने बेलामा पनि मोबाइल अँठ्याएर सुत्नु पर्ने कस्तो कुलत बसेको, स्वास्थ्यको ख्याल गर्नु पर्दैन !”

बुढीले फतफताउँदै मेरो हातबाट मोबाइल तान्दै रहिछन् ।

०००
हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल
बा

बा

किशन पाैडेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०