सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिश्र मामाको मानसिक द्वन्द्व

‘मैले के छ हो मामा ?’ हालखबर भनेको त मामाले माथिका सारा वृत्तान्त सुनाउनुभयो । अन्त्यमा भन्नुभयो- ‘बाबु ! म पनि अब त्यतै आकर्षित भएको छु । सायद अब चाँडै नै टुप्पी काट्छु, खरानी धस्छु र निर्वस्त्र भएर बस्छु ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

यसपालिको शिवरात्रीमा मिश्रमामा पशुपतिनाथको मन्दिरवरिपरि राम्रैसँग घुम्नुभएछ । भक्तजनहरूको, हाल विहाल, निहार्नुभएछ । भगवानको दर्शन गर्न भनेर घण्टौ लाइनमा उभिई पाइला विस्तारै चाल्दासम्म पनि मामाका मनमा श्रद्धाका भावना उर्लिएर आएका हुन् । त्यतिबेला मामाका मनमा एक किसिमले विरक्ति नै छाएको थियो । आखिर यो जीवन क्षणभङ्गुर नै त हो । माइकले पनि त्यस्तै धारणा पोखिरहेको थियो तर यस्तोमा पनि कता कति माया पिरतीका कुराकानी देख्नुभएछ मामाले । कति त यसैमा मस्त भएको पनि देखियो रे । फेरि धर्म गर्न जानेहरू पनि ढाँटढुटका कुरा गरी भित्र पस्न लाइनमा घुसेर बस्न खोज्नेहरू पनि देखिए रे । जे होस्, धेरैजसो त श्रद्धासाथ रहेका देख्नुभएछ मामाले ।

मिश्र मामाले यसपटक त्यसरी लाइनमा बसेर मन्दिर प्रवेश गर्ने प्रतीक्षा गर्दा एउटा उक्ति सम्झनुभयो रे मनमनै कि मान्छेहरूको अन्तेष्टिमा दाहसंस्कार गर्न जाने मलामीका मनमा जिन्दगी के रहेछ र आज छ, भोलि छैन जस्ता कुरा आउँछन् । त्यहाँबाट फर्केपछि विस्तारै तेरो मेरो म यस्तो तँ यस्तो आदि भावना भरिन्छन् । मन्दिरमा प्रवेश गरेपछि सत्य भाव स्वतः हराएर जान्छ । त्यस्तै सम्भोगको अन्त्यमा मान्छे सम्भोगसँग नै घृणा पाल्न थाल्छ र पुनः पुनः त्यस्तो कार्यमा नलाग्ने मन बनाउँछ तर ढिला हुँदै गएपछि फेरि इच्छुक हुन्छ त्यसैमा । यो भगवानको खटनपटन हो भन्ने कुरा खुब मनन गर्नुभो रे मामाले । तर फेरि युवायुवतीका क्रियाकलापले मनमा द्वन्द्व पनि घुस्न पुग्यो रे ।

मन्दिर परिसरमा प्रवेश गरेपछि मामाको मन अर्कै भयो रे । कारण के भने त्यहाँ नाङ्गा बाबाहरू लिङ्ग प्रदर्शन गरिरहेका देखिएछन् । उनीहरूलाई लाइनमा घण्टौ बसेर आउन परेन । त्यहाँ आएपछि पनि सुरक्षाकर्मीले चाँडै जाऊ चाँडै जाऊ भनेर धकेल्ने र मुन्ट्याउने गरेनन् उनीहरूलाई त्यहीँ बसिरहेका थिए । मामाका मनमा आयो रे के तिनीहरू नाङ्गा भएकाले त्यो सहुलियत मिलेको हो कि यहाँ नाङ्गो नाच नाच्ने प्रवृत्तिलाई प्रोत्साहित गर्न खोजेको हो समाजले । लिङ्गमा विविध किसिमका धातुका काँजा हाल्न सिकाउने ध्येय हो यो लिङ्गलाई तन्काएर लङ्गौटी लगाएझैँ पछाडि ल्याएर घुसारेको पनि देख्नुभएछ मामाले र लिङ्गमा लौरो अड्याई लौरोमाथि मान्छे चढाएको पनि देख्नुभएछ मामाले ।

त्यसको भोलिपल्ट यहाँका पत्रिकाहरूले ती अश्लील दृश्यलाई रङ्गीन तस्विरसहित वर्णन गरेको देख्नुभएछ । अनि मामाका मनमा आछ हाम्रो समाज सभ्यताको विपरीत जान खोज्दै त छैन नभए यस्ता कुरोलाई किन प्रोत्साहित गर्छ ? आफूसँग आफै भन्नुहुँदोरहेछ मामा- त्यस्ता असभ्य दृश्यलाई कुनै अगचमा अर्थात् इच्छुकहरूले मात्र गएर हेर्न पाउने स्थानमा राखिनुपर्थ्यो । यसोभन्दा मामाका मनमा फेरि खेलेछ त्यसो गर्दा पाप लाग्ने हो कि ? फेरि, रे, आएछ त्यसो भए पाप के हा र धर्म के हो ?

जो मान्छे विषयहरूलाई साधारण रूपमा हेर्छ, त्यसलाई यस्ता तर्कवितर्क कुतर्क केही आउँदैनन् । मिश्र मामा त पर्नु भो गहिराइसम्मै पुग्न र विचलित हुन पनि खोज्ने । तसर्थ मामालाई विषयले छोएछ । फालिदिऊ कि लुगाफाटा, धसिदिऊँ कि खरानी, काटिदिऊँ कि टुप्पी जस्तो भएछ । मनमा आएछ खरानी घसेपछि लङ्गौटीसम्म पनि लाउन नपर्ने, बूढीको खप्की र साहूको दप्की सहन नपर्ने । खाओवादीदेखि माओवादीसम्मको डर हुँदै न हुने । अड्डाखानामा घुस भूम जुस ख्वाउनै नपर्ने । ‘भुँडी’ भर्ने र आँखा तर्नेको चिन्ता नहुने । न भोक न सोक न सुर्ता न धोका न धन्दा सुखैसुखजस्तो लागेछ र त्यतै तानिनु पनि भएछ ।

शिवरात्रिको भोलिपल्ट मिश्र मामासँग ठ्याक्क भेट भयो । ‘मैले के छ हो मामा ?’ हालखबर भनेको त मामाले माथिका सारा वृत्तान्त सुनाउनुभयो । अन्त्यमा भन्नुभयो- ‘बाबु ! म पनि अब त्यतै आकर्षित भएको छु । सायद अब चाँडै नै टुप्पी काट्छु, खरानी धस्छु र निर्वस्त्र भएर बस्छु ।

मामाका कुरा सुनेर मेरो हाँसोको हल्को मुखबाट फुत्कन फुत्कन खोजेको थियो । जवर्जस्ती रोकेँ । अनि भनेँ मामा । त्यो जीवन पनि त्यति सजिलो छैन जति सोच्नुभएको छ ।

मेरो कुराले मामाका मनमा फेरि द्वन्द्वको सिर्जना गर्‍यो क्यारे । मामा सेलाउन थाल्नुभो । म त्यहाँबाट टाप कसेँ । अलि ओल्तिर आएर मामाका कुरा सम्झेको त खुतुतु हाँसो छुट्यो । एक्लै हाँसेको म आफैँलाई लाज लागेर आयो ।

०००
बानेश्वर, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
हाम्रो भाषा चमत्कार

हाम्रो भाषा चमत्कार

मुक्तिनाथ शर्मा
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
तीन ठोक्तक

तीन ठोक्तक

मुक्तिनाथ शर्मा
टाउको व्यापार

टाउको व्यापार

मुक्तिनाथ शर्मा
मिश्रमामासँगको वार्ता

मिश्रमामासँगको वार्ता

मुक्तिनाथ शर्मा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा