सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफडी पर्‍यो अलपत्र !

यस्तै कुराहरूबाट प्रेरित गफडीका दिमागवाट भ्रम हटाउने कोही बुज्रुग भए गफडी अलपत्रिदैन । गरिब गफडी- वम्शीलालहरूबाट सदा सावधान थियो भने अलपत्रिएको भए पनि गफडी असन्तुष्टिको परिणाम जे पायो उही गर्न मन्जुर छैन ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

हावा र कावा

भारतमा जनताको अनेक किसिमको हावा चलेको थियो रे ! हाम्रो यस देशमा पनि ‘हडतालको हावा’ चल्दै पार्टी चाहनेहरूले हावा र कावा पार्ने हावा चल्न थाल्यो । निर्दलीयरूपी हाँगा समातेकाहरू दलीयरूपी रुखमा गएर बस्न थाले । यस्तो दृश्य देख्दा कसैलाई सत्र परेको होला त गफडी परेको छ अलपत्र- गफडी जनताका अदालतमा भन्छ, सत्य-सत्य । हावा र कावा हुनुपर्ने कुरा के भने देश आर्थिक सङ्कटमा परेको छ भन्न थाले त्यस्ता कानमा यी कुरा परे, जुन कानमा ‘देशको विकास भइरहेछ’ मात्रै परेका थिए । गफडीले एसो विचार गर्‍यो- आर्थिक सङ्कट पार्ने को छन् त ? के गर्छन् त ? भाषण त गफडीले विकासको पनि सुनेको हो र सङ्कटको पनि । यतिखेरै एउटा काठ चिराउने कम्पनीमा बसेर पैसा कमाउनेले पनि एही कुरा गरेको देख्दा गफडीलाई लाग्यो- ‘विकास’ का झैँ ‘सङ्कट’ का पनि हुन् – मात्र कुरा ! यसैले जनता जनार्दनका अगाडि गफडीले हावा र कावा भएका कुरा कचुरेको हो ।

सत्र र अलपत्र !

गफडीले भर्खरै भन्यो- कसैलाई सत्र पर्‍यो, त्यसबारे भन्छ । सत्र पर्‍यो भनेको अर्थ कसरी लगायो गफडीले भने धनवेगर एक मिनेट नबाँच्ने मात्रै होइन, धन भनेपछि भुतुक्क हुनेहरू रमाईरमाई कार्यकर्ता भएका छन् । एक मनले गफडी रमायो पनि हो भावना ठुलै कुरा हो । लिफा लिनेले पनि लिफा लिन बन्द गरेर देशका लागि समय दिएको छ । भ्रष्ट हाकिमसँग हिँडेर ठेक्कापट्टा गरी गरी हिँड्ने पनि आफ्ना स्वार्थलाई थन्क्याई देशका लागि हिँडेको छ । बाबु-बराजु र आफूसमेतले कमाएको सम्पत्तिले मोज गर्ने कारवालाले रक्सीको बोतल थन्क्याई देशको विकास गर्न, देशको आर्थिक सङ्कट समाधान गर्न समय निकालेको छ । जे होस्, देशको उन्नति सौच्नेहरू धेरै भएका छन् र र तिनलाई यस्तो सुभार्गमा हिँड्ने सत्र परेको छ । यो गफडी भने पर्‍यो अलपत्र । किन पर्‍यो भन्नुहोला भने- ‘गफडीजिउ, तपाईंका योगदानको ठुलो महत्व छ’ भन्नेहरूले उसलाई धुरुक्क रुवाएका छन् । दूतावास र मन्त्रालयका रकम- पोषितहरू, पूँजीपतिका गुमस्ताहरू, गरिब गफडीलाई जिस्क्याउँछन्, यसैले ऊ अलपत्र छ । ऊ असन्तुष्टिमा जन्मियो । ऊ असन्तुष्ट भई बाँचेको छ । के कुनै पनि व्यक्ति सधैँ एकनासकै हुनु पर्ने ? के कुनै व्यक्ति ‘क’ र ‘ख’ का परिवेशमा नै रुमल्लिनुपर्छ ? ऊ कहिल्यै ‘ग’ हुन सक्दैन ? गफडी सोच्तछ ।

वम्शीलालका कुरा छन् अचेल

हिजो-आज गफडी गर्दैन, हजारौँ-हजार गफडी मात्र गफ डोबाटोमा गफडीले अलपत्रिएर लर्खराएको बेला सुन्यो- ‘निर्दलीय बिगार्ने ‘वम्शीलाल’ हरोबाटो दिन गए । ‘मण्डल’ खोलेर लाखौको रकम हजम गर्नेहरूले मण्डल मात्र पनि बिगारे, वनको विमाख गरे, देशलाई आर्थिक सङ्कटमा हुरले अमानवताले फेरि टाउको उठाउनु नपाउने दिन आउनुपर्छ ।’ यसै बीच एक बहुदलीयवालाले भन्यो- ‘गफडी, बुझ्यौ त ? हाम्रो देशमा यस्ता गद्दार कति छन् ? अलपत्रिएको गफडीले मनै-मनै भन्यो- ‘भोलि कसले के गर्छ ? भोलि यहाँको जङ्गल के हुन्छ ? भोलि यहाँको जमिन के हुन्छ ? भोलि यहाँ कति शोषकले जनता कति चुस्ने हुन् ? के पत्ता छ ?

शोषण ! शोषण !

‘वनपालेले प्रत्येक गाडीसँग रुपियाँ खान्छ ! मालपोत कार्यालयमा प्रत्येक पासमा तल्लो कलम बिस रुपियाँ घुस चाहिन्छ । बचतले बाँध्यो भने त एक-दुई सय नै घुस चाहिन्छ । जताततै शोषण छ । प्रतिबोरा बाह्र-पन्ध्र रुपियाँका दरले सिमेन्टीमा भ्रष्टाचार भयो । भयो । नागरिकताको प्रमाणपत्र लिन नम्बरी खर्च गर्नुपर्दछ । भन्सारमा ठुला व्यापारी ठालु- अरु भारेमुरे आलु ! टिम्बरमा काठ किन्ने औसर ठूलावडालाई सजिलै, अरुलाई धाउनुको धन्दा ! यस्ता कुरा यसै गफडीका वोधा यिनै कानले सुन्नुपर्छ । यो राष्ट्र । यसको उच्चता ! यस्ता धमिराले बिगारेको सुन्दा गफडी ‘भोलि या देश के हुने हो भनी सुस्ताएको छ र अलपत्रिएको छ ।

पातमा पात ! बातमा बात !

भोलिका कुरामा पातमा पात भएझै बातमा बात हुँदा कविको कुरा सम्झ्यो- भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ! त कसले भोलि भनेन भोलि भनी मार्क्स मरे । भियतनाम, कम्बोडियामा के भयो ? भोलि भनी महात्मा गान्धी मरे, भारतमा के भयो ? गफडी आफ्ना जहानलाई सधैँ भोलि भन्छ : गफडी यसैले अलपत्रिएको छ । आज भोलि भनेर फलाक्ने नै क्रान्तिकारी होलान् लाटो गफडी जान्दैन । गफडी चाहन्छ- यो देश भोलि नटुक्रियोस् ! गफडी हजारौँ-हजारौँ ताटा मैँ चाहन्छ यो देश अर्काले माया गरेर आफ्ना पोल्टामा नहालोस् । गरिब गफडी एक जना आफ्ना मित्रलाई हेर्छ- उनी न लखपति, न पदासीन, न हर्ता- कर्ताका पुच्छर, न सिङ भएका, न पुच्छर भएका । उनी भन्छन्- ‘आजको लथालिङ्गवाट वाक्क भएर राष्ट्र फितलो पार्ने शक्तिसँग कसै सम्झौता गर्न सकिन्न । यस्तै कुराहरूबाट प्रेरित गफडीका दिमागवाट भ्रम हटाउने कोही बुज्रुग भए गफडी अलपत्रिदैन । गरिब गफडी- वम्शीलालहरूवाट सदा सावधान थियो भने अलपत्रिएको भए पनि गफडी असन्तुष्टिको परिणाम जे पायो उही गर्न मन्जुर छैन ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३३, २०३६
गफडीका गफ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल