सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

याद

परम्परागत हाम्रा मस्तिष्कमा हुने यादहरूमा कस्तो भिन्नता होला त भन्दा कम्प्युटरको चिप्समा भएको यादलाई तोडमोड वा कल्पनाशील बनाउन नसकिएला तर मष्तिष्कका यादलाई आफ्नो वर्तमानसँग मोडाएर कुनै पनि सिर्जनाको काल्पनिक चलचित्र बनाउन सकिन्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

जमाना आधुनिकिएको धेरै भइसक्यो । म अहिले पनि आधुनिक शब्दको भित्री अन्तर्यसम्म पुग्न सकेको छैन । वास्तवमा आधुनिक भनेको के हो ? आधुनिक कसरी बनेको हो ? यसका शाखा सन्तान के कति छन् ? त्यसको तलासी गर्ने सुर चढेर आज जमर्को गर्न थालेको छु । झर्को फर्को नगर्नु होला । बुझाउन सके बुझाउँछु नसके मेरो के लाग्छ त ?

आधुनिक भनेको अरु केही नभएर आजकालको, वर्तमानको वा अहिले भरखरैको भन्ने हुँदोरहेछ । यो कुरा म तीन बिस नाघ्न खुट्टा उचालेर बसेकोलाई के थाहा । भरखरै चलेको वा अस्तित्वमा आएकोलाई पनि आधुनिक भनिँदो रहेछ । कुनै कुरा विगतमा पनि थियो र आज पनि छ त्यस्तोलाई जडित, जड वा परम्परागत भन्ने कि के भन्ने कुराको याद छैन मलाई । याद भन्दा यो याद के हो फेरि पनि भनिएला तर याद शब्द दुई अक्षरको भए पनि यसले ब्रमाण्ड बोकेको हुँदोरहेछ ।

याद कहाँ र कसरी हुन्छ ? प्रश्न तेर्सिने गर्छ । वास्तवमा याद दिमागमा रहने गर्दोरहेछ । हामी कुनै कुराको याद गर्न एकछिन आँखा चिम्लिएर सोचलाई मस्तिष्कतिर केन्द्रित गर्छाैँ र विगतका कुरा खोतलेर निकाल्छौँ । आधुनिक भाषामा भन्नुपर्दा कम्प्युटरको मेमोरी चिप्सलाई लिन सकिएला । हुन त कम्प्युटरको मेमोरी चिप्स पनि वैज्ञानिकको दिमागमा सिर्जित उपज नै भएकोले मानिसको कल्पना भन्दा माथिको हो यो मेमोरी चिप्स भन्ने मलाई लाग्दैन ।

यादले दिमागमा यसरी कब्जा जमाएर बसेको हुन्छ खै कसरी बयान गर्नु । याद सँगै कल्पना र सम्झनाको नाम पनि जोडिएर आउने गर्छ । हामी कुनै कुराको कल्पना गर्छाैँ भने पुरानो कुनै कुराको याद पनि गर्छाैँ र त्यसैको आधारशिलामा नया केही कल्पित सिर्जना गर्छाैँ । सम्झना पनि त्यस्तै हो कुनै कुराको सम्झना गर्न याद जरुरी हुन्छ । यदि याद रहन्न भने सम्झनाको कुनै अर्थ रहँदैन । हिजो केही गतिविधि भएको थियो कहीँ कतै भने त्यो ठाउँमा पुग्दा वा त्यस ठाउँको सम्झना गर्दा पुरानो यादहरू पछाडि तिरबाट चल्न थाल्दछ । वास्तवमा याद भनेकै यहीँ हो ।

कहिलेकाहीँ यो याद यस्तो दह्रो बनेर बस्दोरहेछ कि मानिसलाई एकहोरो बनाइदिने गर्दोरहेछ । एकहोरिएको मानिसले आफू र आफ्नो तत्कालको गतिविधि केही महसुस गर्छ कि गर्दैन भन्दा मलाई जहाँसम्म लाग्छ ऊ त्यस गतिविधिमा सक्रिय रहेको हुन्छ । त्यही भएर उसले वर्तमान बिर्सिन्छ । कतिपय कुराहरूको याद वस्तु, परिस्थिति, ठाउँ, परिवेश तथा भौतिक अभौतिक चिजहरूले पनि दिलाइरहेको हुन्छ । तर यी सब महसुस गर्न आफुले ती वस्तुहरू सँग यथार्थ अन्तकक्रिया गर्न भने सक्नुपर्छ ।

अब यो आधुनिक युगमा कम्प्युटरका चिप्सहरूमा हुने यादहरू र परम्परागत हाम्रा मस्तिष्कमा हुने यादहरूमा कस्तो भिन्नता होला त भन्दा कम्प्युटरको चिप्समा भएको यादलाई तोडमोड वा कल्पनाशील बनाउन नसकिएला तर मष्तिष्कका यादलाई आफ्नो वर्तमानसँग मोडाएर कुनै पनि सिर्जनाको काल्पनिक चलचित्र बनाउन सकिन्छ । यसकारण म के भन्छु भन्दा आधुनिक मेमोरी भन्दा परम्परागत सम्झना अथवा याद कैयौँ गुणा सिर्जनात्मक हुने हुँदा यादले बृहत्तर क्षेत्र ओगटेको छ भन्न सकिने आधार छ ।

यादकै कुरा गर्दा आफू जन्मिएर होस सम्हाले देखीका कैयन त्यस्ता सम्झनाहरू याद बनेर मस्तिष्कमा रहेका छन् कि तिनलाई अनेकौ पटक फर्म्याटिङ्ग गर्दा पनि हट्दैनन् । तर कम्प्युटरको चिप्समा भएको मेमोरीलाई फर्म्याट गर्दा त्यसमा भएका डाटाहरू हराउन सक्छन् । यस अर्थमा पनि याद सबैभन्दा बलिष्ठ कुरा हो । जसले पुरानो यादहरूलाई आधार मानेर नया सिर्जना गर्न सक्दछ ।

०००
गल्कोपाखा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
राष्ट्रका गहना

राष्ट्रका गहना

अशोककुमार शिवा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा