साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामको चमत्कार

अब त लामा नामलाई छोट्याउने परम्परा पो मौलाउन थालिसक्यो । नामको टुपी वा पुच्छर काटिए पनि फिक्री नाइँ । केशवलाई ‘केशु’ नरेन्द्रलाई ‘नरु’ मनोजलाई ‘मनु’ फुलनदेवीलाई ‘फुस’ र सुशीलालाई ‘सुसु’ भन्दाको आत्मियता अवणर्निय होला ।

Nepal Telecom ad

आर्जन गर्न गाहृो । तत्पश्चात जोगाउन झन् महाभारत ।जेसुकै होस् सबैले मरिहत्तै गर्ने विषय अचेल । उनी देवकोटाकी नातिनी, तिनी भीमनिधिकी भाञ्जी, ती नारायण गोपालका साला, यी हरिवंशका वहिनी ज्वाइँ, ती रिमालका साढूभाइ ।ं उदाहरणले चिनाइहाल्छ यहाँ नामको चुरिफुरी । नामले ओगटेको वर्चस्व । नामले कोतरेकोे दुनिया । नामले दपेटेको अधमरो मानव सभ्यता ।

गहत खाने सिंगारी कुटाइ खान्छे कवासी भने झैँ धेरैजसो अपजस मान्छेको टाउकामा मात्र थोपरिदिएको हो कि ? नामरुपि खोल त मान्छेले मात्र भिरेको होइन होला । कुहुकुहु, ढक्कुरकुर, काका गरेर कोइली, ढुकुर र कागले आफ्नो नाम भनिरहेको तिर हाम्रा लेखन्ते र पढन्तेको गिदीमा पस्दै पसेन । मात्र दोषको भारी दुई खुट्टा टेकेर लुखुरलुखुर हिंड्ने सगोत्रीय मनुख्खेको थाप्लामा थोपरेर मान्छे नै स्वजातिको अरी बनेको आरोप सहिरहेको छ ।

नाम राख्ने प्रचलन दैवी तारतम्य हो या मान्छेको लहड ? भरपर्दो उत्तर कोहीसँग छैन । सर्जक जो भए पनि सर्वव्यापि बन्यो नाम । आफ्नो नाम सम्वोधन हुनासाथ फुरुङ्ग बनेर जीहजुरी गर्न तम्सिहाल्यो मान्छे । हरेक मान्छेलाई भीडबाट अलग्याउन नामले कत्रो सहायता दिएको छ । यसरी लोकप्रिय बनाउने नाम राख्ने मानव आज भेट्टायो भने सम्पूणर् पुरस्कार उसैलाई दिन्थ्यो होला । व्युझिनासाथ उसैको भक्ति गर्दथ्यो होला । समुन्द्रे वसते देवी मनको मन्त्रोचारण गर्दै घरलाई स्वस्ती गथ्र्यो होला । बाउ, हजुरबाउ र हजुरआमाको श्राद्ध गर्नु परे पनि उसैको गर्दथ्यो होला । अचेल मान्छे अलि छ्याङ्किन थाल्यो । उबेला नाम र कर्मबीच सामिप्यता वा साइनो अवस्य रहन्थ्यो । काला कालीहरू कृष्ण र कृष्णा हुन्थे । धमिरोसँग नजोडिई वाल्मीकि बन्दैनथे ।

मान्छेलाई अलग्याउन प्रयोग गरिएको नाम अन्य प्राणी वा प्राणहीनले पनि नक्कल गरेको हो कि मान्छे आफैंले राखिदियो खोज अनुसन्धानको विषय रह्यो । वाघ, भालु, हुँडार, व्वाँसो जसता नाम जुराइए जन्तुलाई, ख्वालख्वाल गर्दै खोलेर बग्ने हुँदा खोलो भनिमाग्यो रे । पतपत गर्दै खस्ने हुँदा पात नाम जुर्‍यो । पतरीको विसमीभवन भएर टपरी बोलियो अनि । अव नाम राख्ने आफ्नै आभ्यासिक कर्मबाट मान्छे आफै फस्दै गयो । हतारमा कल्चोडौं नहुने चरालाई कल्चौंडे राख्यो । अहिलेसम्म त्यो अद्यापि कायम छ । अव नाम विना संसारको चिनारी अपुरो हुन थाल्यो । आज राति तिम्रो घरमा महाभारत थियो नि भन्दा उखुमाया मुसुक्क हाँस्दै ताली बजाउली । उसको लोग्नेको कृष्णलीला कसले नवुझेको छ र ? भन्दा कलावती भुँइतिर हेर्ली । हाम्रो देशमा रामराज्य छ कहिले भन्न पाइएला भन्दा हाम्रा उखाने प्रधानमन्त्री अर्को उखानको जोहोमा लाग्लान् । भन्नुस् त नामको छाप कस्तो देखियो ।

अब नाम राख्ने प्रचलनको वैरी बन्नु बेकार होला कि ? ठीक बेठीक जे भए पनि प्रचलन बसिहाल्यो । विकल्प खोज्दा अर्को महाभारत आरम्भ हुन्छ । बरु त्यता नफर्किएकै वेश हैन त । नाम राख्ने प्रचलनलाई सबैले स्विकारिसकेपछि जसरी सम्बोधन गरे पनि हुने भयो । अब त लामा नामलाई छोट्याउने परम्परा पो मौलाउन थालिसक्यो । नामको टुपी वा पुच्छर काटिए पनि फिक्री नाइँ । केशवलाई ‘केशु’ नरेन्द्रलाई ‘नरु’ मनोजलाई ‘मनु’ फुलनदेवीलाई ‘फुस’ र सुशीलालाई ‘सुसु’ भन्दाको आत्मियता अवणर्निय होला । अव नामको विकल्प खोज्नु थुप्रै कालिदास जन्माउने धन्दा मात्र हुने हो कि ?

चिनारीकै लागि मान्छेले राज्य बनायो । राज्य, पेशा, व्यवशाय, जापिरमा नाम जोडिन थाल्यो । पुरस्कार र दण्ड नाममसँगै हाजिर हुन थाल्यो । नाममा तलमाथि हुँदा सारा सिष्टम ह्याङ्ग हुने भयो । मत्र्यलोकको यो प्रचलन अन्य लोकका लागि पनि पाठशाला बनेछ । केही जानिफकारहरू मत्र्यलोकको यो प्रचलनलाई यमलोकले अनुमोदन गरेको गुड्की हाँक्छन् । यमराजको नाम आफ्नै पुरोहितले जुराइदिएको भन्ने पूर्खाको उत्तराधिकारी हामी हौँ भन्नेहरूको धुइरो पनि फेला परिहाल्छ ।

कुनैबेला चारजना व्यक्तिलाई यमदूतहरूले चित्रगुप्तको अगाडि हाजिर गराए तापनि तीन जनाको नाम दुवै लोकमा एउटै थियो । चौथो व्यक्तिको हकमा भने समस्या आयो । उसले आफ्नो नाम बताउन अन्कनायो । राजनीतिक पार्टीको सदस्यतामा ज्वालासिं लेखकसंघमा ‘कुसुम’ नागरिकतामा ‘भोजबहादुर’ वैष्णवी सेवा समाजमा ‘कृष्णमुरारी’ । उसले आफ्नो ओरिजिनल नाम बताउन सकेन । समस्या आएपछि यमराजको खोपडीमा एउटा जुक्ति फुरेछ । उल्टो सोधें- ‘तेरी आमा उतै छे कि यतै वा आइसकी’ भनि सोध्दा स्वर्गै गइसकेकोे वृतान्त बतायो । उसलाई २/४ घण्टाको लागि त्यत्तिकै घुम्न छोडियो । यमलोकमा शौचालयबाट निस्केकी एक महिलाले मेरो जुठे भन्दै अँगालो हाल्दैैैै रुन्छे । जुठबहादुरको खाता पल्टाउँदा बल्ल समस्याको समाधान निस्किएछ । १ घण्टाको इन्द्रासन त्यसपछि पूरै नर्कवास । उसले पहिलोपटक इन्द्रासन नै रोज्यो । १ घण्टाको इन्द्रासनको सदुपयोग गर्‍यो जुठेले । कामधेनु गाई मत्र्यलोकको हिमवतखण्डको सुकुम्वासी वस्तीमा पठाइदियो । कल्पवृक्ष रियो द जेनेरियोमा । इन्द्रका बडी गार्डहरूलाई उपदानको व्यवस्था गराईदियो पहिलो पटक । अप्सराहरूलाई १ वर्षको घरविदा स्विकृत गरी नर्कतर्फ हानियो । जय श्रीराम ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x